Madhes Khabar
राजनीति हेडलाइन

उपराष्ट्रपतिमा रामसहायलाई समर्थन गर्दै प्रमिलाको उम्मेदवारी फिर्ता

वीरगन्ज,२९ फागुन : जनता समाजवादी पार्टी (जसपा)की नेतृ प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । उनले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गर्दै आफुले आफनो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन् ।

सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै यादवले आफुले उम्मेदवारी फिर्ता लिएकोले अब उपरान्त आफु उम्मेदवार नरहेको र सत्ता गठबन्धनका साझा उम्मेदवार रामसहाय यादवलाई आफनो अमुल्य मत दिएर जिताउन सांसदहरुसंग अनुरोध पनि गरेकी छन् ।

विज्ञप्ति मार्फत यादवले उम्मेदवारको सूचीमा आफनो नाम प्राविधीक रुपमा रहनगएको भएपनि आफु अब उम्मेदवार नरहेको प्रष्ट पारेकी छन् ।

चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि जसपाबाटै रामसहाय यादव र प्रमिला यादव गरि दुइ जना , सत्तागठबन्धनमै रहेको जनमत पार्टीकी ममता झा र नेकपा एमालेबाट अष्टलक्षमी शाक्य गरि ४ जनाको उम्मेदवारी परेको थियो । सोमबार जसपा नेतृ यादवले उम्मेदवारी फिर्ता लिएपछि भने अब उपराष्ट्रपतिमा रामसहाय यादव , ममता झा र अष्टलक्ष्मी शाक्य बिच प्रतिस्पर्धा हुने भएको छ ।

 

Related posts

भारतकाे कीट युनिभर्सिटीमा फेरि अर्काे नेपाली छात्रा मृत भेटिइन् : मृतक वीरगन्जकी प्रिशा साह

MadhesKhabar

संघिय सांसद यादवद्वारा बीरगन्जको राधेमाईमा नवनिर्मित रामजानकी मन्दिरको उद्घाटन

MadhesKhabar

वीरगन्जमा आयोजित सोनार प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी केएस सुपर किंग्सलाई

MadhesKhabar

Leave a Comment