Madhes Khabar
राजनीति हेडलाइन

उपराष्ट्रपतिमा रामसहायलाई समर्थन गर्दै प्रमिलाको उम्मेदवारी फिर्ता

वीरगन्ज,२९ फागुन : जनता समाजवादी पार्टी (जसपा)की नेतृ प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । उनले पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गर्दै आफुले आफनो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी हुन् ।

सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै यादवले आफुले उम्मेदवारी फिर्ता लिएकोले अब उपरान्त आफु उम्मेदवार नरहेको र सत्ता गठबन्धनका साझा उम्मेदवार रामसहाय यादवलाई आफनो अमुल्य मत दिएर जिताउन सांसदहरुसंग अनुरोध पनि गरेकी छन् ।

विज्ञप्ति मार्फत यादवले उम्मेदवारको सूचीमा आफनो नाम प्राविधीक रुपमा रहनगएको भएपनि आफु अब उम्मेदवार नरहेको प्रष्ट पारेकी छन् ।

चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचनका लागि जसपाबाटै रामसहाय यादव र प्रमिला यादव गरि दुइ जना , सत्तागठबन्धनमै रहेको जनमत पार्टीकी ममता झा र नेकपा एमालेबाट अष्टलक्षमी शाक्य गरि ४ जनाको उम्मेदवारी परेको थियो । सोमबार जसपा नेतृ यादवले उम्मेदवारी फिर्ता लिएपछि भने अब उपराष्ट्रपतिमा रामसहाय यादव , ममता झा र अष्टलक्ष्मी शाक्य बिच प्रतिस्पर्धा हुने भएको छ ।

 

Related posts

रेशम चौधरीको सजाय माफीको प्रस्ताव राष्ट्रपति कार्यालयमा

MadhesKhabar

पर्सा जिल्लामा ३८ हजार किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप लगाइने

MadhesKhabar

पर्साका कांग्रेस नेताहरुले सभापति देउवालाई भेटेर मधेसका किसानका समस्याबारे गराए ध्यानाकर्षण

MadhesKhabar

Leave a Comment