वीरगन्ज ,९भदाैं: नेपाली कांग्रेसको भातृ संगठन नेपाल मुस्लिम संघकाे पर्सा जिल्ला अधिवेशन भदाैं १६ गते हुने भएकाे छ ।
वीरगन्जमा शनिबार संघका जिल्ला अध्यक्ष जाकिर हुसेनकाे अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि महम्मद शाहबुद्धिनकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकले संघकाे जिल्ला अधिवेशन भदाैं १६ गते आयाेजना गर्ने निर्णय गरेकाे हाे । बैठकले अधिवेशनकाे प्रमुख आतिथ्यताका लागि कांग्रेस केन्द्रीय सदस्य एंव सांसद अजय चाैरसियालाई अनुराेध गर्ने निर्णयपनि गरेकाे छ ।
बैठकमा संघकी जिल्ला उपाध्यक्ष जमिला खातुन, सचिव रिजवानुल हक , काेषाध्यक्ष सवजान हक लगायतको पनि सहभागीता थियाे ।

