Madhes Khabar
राजनीति

अदालतहरुकाे कार्यसम्पादन अब्बल छ:कानुन मन्त्री चाैरसिया

फाइल तस्बिर ।

काठमाडौं,८माघ:कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालका अदालतहरुको कार्यसम्पादन अब्बल रहेको बताएका छन्।

मंगलवार प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा संसदीय मामिला समितिमा उनले यस्तो बताएका हुन्। उनले महान्यायाधिवक्ताको कार्यालयले गरेको कामको पनि उच्च मूल्याङ्कन गर्नुपर्ने बताए।

उनले महान्याधिवक्तालाई प्रधानमन्त्रीको प्रमुख सल्लाहकार बनाउनुपर्ने समेत बताए। उनले विभिन्न लोकतान्त्रिक देशहरुमा महान्यायाधिवक्ता नै प्रधानमन्त्रीको सल्लाहकार बस्ने गरेको बताए।

उनले महानायाधिवक्ताले कार्यसम्पादनका क्रममा भएका त्रुटिहरु सच्याउनुपर्ने बताए।

‘अभियोजन लाग्नेबित्तिकै कोही मान्छे दोषी पनि हुँदैन र सबै मान्छे निर्दोष हुन्छ भन्ने कल्पना पनि गर्नु हुँदैन। हाम्रो नेपालको जुन कोर्ट छ- अब्बल छ। महान्यायाधिवक्ताको कार्यालयले गर्नुभएको कामको पनि उच्च मूल्याङ्कन गर्नुपर्छ भन्ने मलाई लाग्छ‚’ उनले भने, ‘अन्य लोकतान्त्रिक देशहरुमा पनि एटर्नी जनरल सरकारको प्रमुख सल्लाहकार हुन्छ। त्यसकारण अहिले जुन प्रकारको कार्य सम्पादन महान्यायाधिवक्ताको कार्यालयले गरिरहेको छ। त्यो सन्तोषजनक नभए उहाँहरुले सुधार गर्नुहुन्छ।’

उनले महान्यायाधिवक्ताको कार्यालयका समस्या र स्रोत व्यवस्थापनका सम्बन्धमा प्रधानमन्त्रीसँग छलफल गर्ने आश्वासन दिए।साभार:थाहाखबर

Related posts

पर्सा १(ख) मा मुख्यमन्त्री गद्धी ४९० मतले अगाडि

MadhesKhabar

चुनावी घरदैलोमा काँग्रेस उम्मेदवार चौरसिया र पटेललाई भव्य स्वागत

MadhesKhabar

नागरिकता मुद्धाका लागि अदालत सम्म लडेको हुँ ,यो समस्या समाधान गरेरै छाड्छु– प्रदीप यादव

MadhesKhabar

Leave a Comment