Madhes Khabar
स्थानिय

पर्सामा ट्रयाक्टरको टेलरमा मोटरसाइकल ठोक्किदा १ जनाको घटनास्थलमै मृत्यु

प्रमोद यादव
पर्सा,२३असोजःपर्साको पर्सागढी नगरपालिका वडा नम्बर बिरुवा चोक नजिकै ट्रयाक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्सागढी–८ हरपुर निवासी २५ वर्षीय प्रितम पटेल रहेको प्रहरीले जनाएको छ ।

बुधबार राति जनता सडकमा बाराको जितपुरतर्फबाट आउँदै गरेको ०३–०३६–प १०३९ नम्बरको पल्सर मोटरसाइकल धान लोड गर्न रोकिएको ना ६ त ५०९४ नम्बरको ट्रयाक्टरको टेलरमा ठोक्किएको थियो ।

दुर्घटनामा पर्सागढी–८ हरपुर निवासी २५ वर्षीय प्रितम पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार त्यहि गाउँका २७ वर्षीय निरज साह कलवार घाइते भएका छन् ।उनको बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा उपचार भइरहेको प्रहरी चौकी बड्निहारका प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेले जानकारी दिए ।

दुर्घटनापछि ट्रयाक्टर चालक र सवारी धनी दुवै जना फरार रहेको र उनहिरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

Related posts

पर्सा १ र २ को मतगणना शुरु

MadhesKhabar

सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन वीरगन्जदेखि काठमाडौंसम्मको पदयात्रा सुरु

MadhesKhabar

पर्साको हुलाकी सडकमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु

MadhesKhabar

Leave a Comment