Madhes Khabar
स्थानिय

पर्सामा ट्रयाक्टरको टेलरमा मोटरसाइकल ठोक्किदा १ जनाको घटनास्थलमै मृत्यु

प्रमोद यादव
पर्सा,२३असोजःपर्साको पर्सागढी नगरपालिका वडा नम्बर बिरुवा चोक नजिकै ट्रयाक्टरको टेलरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्सागढी–८ हरपुर निवासी २५ वर्षीय प्रितम पटेल रहेको प्रहरीले जनाएको छ ।

बुधबार राति जनता सडकमा बाराको जितपुरतर्फबाट आउँदै गरेको ०३–०३६–प १०३९ नम्बरको पल्सर मोटरसाइकल धान लोड गर्न रोकिएको ना ६ त ५०९४ नम्बरको ट्रयाक्टरको टेलरमा ठोक्किएको थियो ।

दुर्घटनामा पर्सागढी–८ हरपुर निवासी २५ वर्षीय प्रितम पटेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार त्यहि गाउँका २७ वर्षीय निरज साह कलवार घाइते भएका छन् ।उनको बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा उपचार भइरहेको प्रहरी चौकी बड्निहारका प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेले जानकारी दिए ।

दुर्घटनापछि ट्रयाक्टर चालक र सवारी धनी दुवै जना फरार रहेको र उनहिरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

Related posts

वीरगन्ज नाकामा प्रयोग विहिन रहेको होल्डीङ सेन्टर उपयोगमा ल्याउन सांसद र मेयरको सुझाव

MadhesKhabar

अस्पताल,विद्यालय लगायतमा नियमित विधुत आपुर्ति गर्न उर्जामन्त्रीसंग वीरगन्जका मेयरको आग्रह

MadhesKhabar

वीरगन्जमा अवैध कल सेन्टर सञ्चालन गर्ने दुई चिनियाँ नागरिक पक्राउ

MadhesKhabar

Leave a Comment