Madhes Khabar
समाज

वीरगन्जको सरकारी विद्यालयमा रुंगटा वेलफेयर सोसाइटीले दियो १० थान पंखा

वीरगन्ज,४जेष्ठःरुंगटा वेलफेयर सोसाइटीले वीरगन्जको एक सरकारी विद्यालयमा १० थान विद्युतीय पंखा सहयोग गरेको छ ।
सोसाइटीले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ सुखचैनामा रहेको नेपाल राष्ट्रिय गीता गजेन्द्र माध्यमिक विद्यालयमा १० थान पंखा सहयोग गरेको हो ।

शुक्रबार सोसाइटीका कोषाध्यक्ष सुरेश कुमार रुंगटाले आफना प्रतिनिधीलाई विद्यालयमै पठाएर प्रधानाध्यापक अरविन्द लाललाई ती पंखा प्रदान गरेका हुन् ।साथै रुंगटाले आँफैले मिस्त्री पठाएर ती पंखाहरु कक्षाकोठाहरुमा जडानसमेत गराइदिएको जसपाका युवा नेता एंव स्थानीय सरोज यादवले जानकारी दिए ।

उक्त विद्यालयका कक्षाकोठामा पंखा नहुदाँ गर्मीका कारण विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएकोे जनगुनासो आएपछि रुंगटा वेलफेयर सोसइटीले शुुक्रबार विद्यालयलाई १० थान पंखा सहयोग गरेको यादवले बताए ।

Related posts

लागु ओैषधकाे कुलतबाट जाेगाउन पर्सामा युवायुवती लक्षित अभियान सुरु

MadhesKhabar

पर्साको पाडेपुरमा रहेको मदरसामा ३० जना बालबालिकालाई सुइटर वितरण

MadhesKhabar

मधेसका ज्येष्ठ नागरिकको गुनासो : हाम्रो हक र आवश्यकतालाई समाज र सरकारले उपेक्षा गरेको छ

MadhesKhabar

Leave a Comment