Madhes Khabar
समाज

वीरगन्जको सरकारी विद्यालयमा रुंगटा वेलफेयर सोसाइटीले दियो १० थान पंखा

वीरगन्ज,४जेष्ठःरुंगटा वेलफेयर सोसाइटीले वीरगन्जको एक सरकारी विद्यालयमा १० थान विद्युतीय पंखा सहयोग गरेको छ ।
सोसाइटीले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ सुखचैनामा रहेको नेपाल राष्ट्रिय गीता गजेन्द्र माध्यमिक विद्यालयमा १० थान पंखा सहयोग गरेको हो ।

शुक्रबार सोसाइटीका कोषाध्यक्ष सुरेश कुमार रुंगटाले आफना प्रतिनिधीलाई विद्यालयमै पठाएर प्रधानाध्यापक अरविन्द लाललाई ती पंखा प्रदान गरेका हुन् ।साथै रुंगटाले आँफैले मिस्त्री पठाएर ती पंखाहरु कक्षाकोठाहरुमा जडानसमेत गराइदिएको जसपाका युवा नेता एंव स्थानीय सरोज यादवले जानकारी दिए ।

उक्त विद्यालयका कक्षाकोठामा पंखा नहुदाँ गर्मीका कारण विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएकोे जनगुनासो आएपछि रुंगटा वेलफेयर सोसइटीले शुुक्रबार विद्यालयलाई १० थान पंखा सहयोग गरेको यादवले बताए ।

Related posts

उपकार सेवा नेपालले वीरगन्जका दुई जना अपांगता भएका व्याक्तिलाई दियाे ह्वील चेयर

MadhesKhabar

पुर्व रानी कोमलको जन्मदिनको उपलक्ष्यमा वीरगन्जमा २५ जनालाई कम्बल वितरण

MadhesKhabar

नेपाल दशनामी समाज युवा समिति पर्साको अध्यक्षमा मन्टु गिरी सर्वसम्मत चयन

MadhesKhabar

Leave a Comment