Madhes Khabar
समाज

लागु ओैषधकाे कुलतबाट जाेगाउन पर्सामा युवायुवती लक्षित अभियान सुरु

वीरगन्ज,२३जेष्ठ:पर्साका युवा युवतीहरुलाई लक्षित गर्दै लागु औषध,मानव बेचविखन तथा अपराध नियन्त्रण बारे जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ।

युवाहरुद्वारा संचालित एलाईड युथ सोसाईटी नामक सामाजिक संस्थाले अधिकांश युवायुवतीहरु लागु ओैषधकाे कुलतको दलदलमा फस्दै गएकोले त्यसैलाई राेक्ने उदेश्यले अभियानकै रुपमा जनचेतनामुलक कार्यक्रम गरिएको संस्थाका अध्यक्ष ओम कुमार झाले बताए ।

जिल्ला प्रशासन कार्यालय पर्सा ,जिल्ला प्रहरी कार्यालय पर्सा,सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्सा,नेशनल ईन्फोटेक कलेज वीरगन्जज र गौतम माविको समन्वयमा एलाईड युथ सोसाईटीले याे अभियान पर्साका सबै पालिकामा सञ्चालन गरिने झाले बताए ।

आजका युवा भोलिका कर्णधार र देशको भविष्य भएपनि हाल अधिकांश युवा लागु औषधको कुलतमा फसेर जिवन बर्बाद गरिरहेकाे तथा विद्यालययरमा भन्दा धेरै सुधार केन्द्र खुल्ने अवस्था आउन सक्ने जोखीमलाई मध्यनजर गर्दै यो कार्यक्रम अभियानको रुपमा शहरदेखी गाउँसम्मका युवा तथा बालबालिका माझ पुर्याउने लक्ष्यका साथ अघि बढाइएको झाले बताए।

अभियान अन्तर्गत नै बुधबार वीरगन्जको घण्टाघर चोकमा विधार्थीहरुकाे सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको उनले जानकारी दिए ।

Related posts

वीरगन्जमा आयाेजित कार्यक्रममा ३२ जनाले गरे रगत दान

MadhesKhabar

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

छोरी जन्मिएपछि नारायणी अस्पतालको बेडमै छोडेर आमा बेपत्ता

MadhesKhabar

Leave a Comment