Madhes Khabar
समाज

पर्साको पाडेपुरमा रहेको मदरसामा ३० जना बालबालिकालाई सुइटर वितरण

वीरगन्ज,१०माघःपर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर १ पाडेपुरमा रहेको मदरसामा अध्ययनरत मुस्लिम समुदायका बालबालिकाहरुलाई उनिको सुइटर वितरण गरिएको छ ।

जनमत पार्टी पर्साका नेता बृजेश्वर प्रसाद चौधरीले बिहीबार बिहान उक्त मदरसामै पुगेर ३० जना बालिबालिाकालाई जनही १–१ थान सुइटर वितरण गरेका हुन् । अहिलेको चिसोमा विपन्न समुदायका बालबालिकाहरु प्रभावित भएको खबर थाहा पाएपछि उनिहरुलाई सुइटर सहयोग गरिएको चौधरीले बताए ।

सुइटर बाँड्ने कार्यक्रममा शुभावती देवी,मदरसाका शिक्षक मौलाना हरसुदिन राउत गदी,सामाजसेवी शहरुम राउत गदी,पुर्व गाविस अघ्यक्ष मोहीलाल राउत गदी,चन्दन राम लगायतकाकोपनि उपस्थिति रहेको थियो ।

 

Related posts

न्याय माग्दा कुमारी आमा निहारिका माथि फेरि सरकारको ज्यादती

MadhesKhabar

वीरगन्जका मस्जिदहरुमा महानगरपालिकाले दियाे गिजर मेशीन

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

Leave a Comment