Madhes Khabar
समाज

न्याय माग्दा कुमारी आमा निहारिका माथि फेरि सरकारको ज्यादती

मधेसखबर

वीरगन्ज,२२ साउन : महोत्तरी माईती घर भएकी ‘कुमारी आमा’ निहारिका राजपूतलाई प्रहरीले सर्वोच्च अदालत अगाडिबाट दुर्व्यवहार गर्दै   निन्त्रणमा लिएको छ ।

न्याय माग्दै काठमाडौंको वसन्तपुरमा पछिल्लो पटक    तीन दिनदेखि आमरण अनशनमा बसेकी उनी आइतबार  सर्वोच्च अदालत पुगेकी थिइन्  ।

अनशन बस्दा समेत न्याय पाउन नसकेको र आफ्नो माग सुनवाइ नभएको भन्दै निहारिका आइतबार  दुई वर्षको छोरा च्यापेर सर्वोच्च अदालत परिसरमा पुगेका बेला   उनि र उनका नाबालक छोरालाई प्रहरीले बल प्रयोग गर्दै नियन्त्रणमा लिएको हो । आफ्नो ब्यानर प्रदर्शन गर्न खोज्दा उनलाई महिला प्रहरीले झ्यानाकुटी पार्दै गाडीमा हालेका थिए । बच्चालाई पनि उठाइएको थियो । उनीहरूलाई सिंहदरबार वृत्तमा लगिएको छ ।

निहारिकाले आफू अब न्यायका लागि ज्यान दिन पनि तयार रहेको बताएकी छन् । माग पूरा नभएसम्म आमरण अनशन नतोड्ने उनको प्रतिज्ञा छ ।

निहारिका दुई महिनाअघि पनि आमरण अनशन बसेकी थिइन् । उनलाई दुई अभियन्ताले त्यसबेला अनशनमा साथ दिएका थिए । यसपालि भने उनी एक्लै अनशन बसेकी हुन् ।

आफूलाई एक पुरुषले बलात्कार गरेर बच्चा जन्मिएको निहारिकाको दाबी छ । धनुषा जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि उनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् ।

आरोपीलाई पक्राउ गर्नुपर्ने र बच्चाको डीएनए टेस्ट गर्नुपर्ने लगायतका माग निहारिकाले राखेकी छन् ।

Related posts

वीरगन्जकाे श्रीपुरमा ६० जनाद्वारा रगत दान

MadhesKhabar

बुद्ध जयन्तिको अवसरमा वीरगन्जमा डा. गोइतसहित पाँच जना सम्मानित

MadhesKhabar

रौतहटमा बुहारीको हत्या गर्ने ससुरासहित दुईजना जेल चलान

MadhesKhabar

Leave a Comment