Madhes Khabar
Uncategorized समाज

गौतम माविमा आयोजित कार्यक्रममा ४५ जनाले गरे रक्तदान

वीरगन्ज,३साउनःवीरगन्जको गौतम माध्यमिक विद्यालयमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी पर्साको रक्तसञ्चार केन्द्र वीरगन्ज्को प्राविधिक समन्वयमा गौतम समाज कल्याण संस्था र गौतम माविले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा १५ महिलासहित ४५ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा वीरगन्ज–१० का वडाध्यक्ष सुशील कुमार साह कानु, घडिअर्वा स्पोट्र्स क्लबका लखनलाल साह ,देवशरण थारु, रुक्मिणी चौधरी,उमाशंकर प्रसाद कुश्वाहा, देवराज न्यौपाने, अरविन्द कुमार चौधरी लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभरााज पाण्डले जानकारी दिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल ,गौतम माविकी प्रबन्ध निर्देशक परीक्षापिया लामा, रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पााण्डे , डाक्टर दीपक चौरसिया विद्यालयका शिक्षक–शिक्षिका लगायतकाको सहभागिता थियो ।

Related posts

मधेसका पढेलेखेका दलित युवाहरुको वेदना : जागीर खोज्दा पाइदैन,पुख्यौली पेशापनि संकटमा पर्दैछ

MadhesKhabar

पानीको समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाको सकृयता :कृषि र उर्जामन्त्रीसंग छलफल

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रममा सहयोग गर्ने पर्साका सशस्त्र प्रहरी एसपी भट्टको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment