Madhes Khabar
Uncategorized

पानीको समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाको सकृयता :कृषि र उर्जामन्त्रीसंग छलफल

काठमाडौं,६साउनःवीरगन्जसहित मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न विभिन्न चार मन्त्रीबीच छलफल भएको छ । बर्षा याममा मधेसका ८ जिल्लामा पानी अत्यन्त कम परेकाले खानेपानी तथा सिँचाइको अभाव भएपछि उक्त समस्या समाधान गर्न सोमबार खानेपानी मन्त्री प्रदीप यादव र कानुन तथा संसदीय मामिलामन्त्री अजय चौरासियाले कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासंग छलफल गरेका हुन् ।

ऊर्जा मन्त्रालयमा भएका उक्त छलफल ती चारवटै मन्त्रालयका सचिवहरुकोपनि सहभागिता रहेको थियो । बैठकमा कृषि मन्त्री अधिकारीले मधेसमा अत्यन्त कम वर्षा हुँदा रोपाइँ हुन नसकेको सन्दर्भमा अध्ययन गर्न टोली परिचालन गरिएको जानकारी दिएका थिए । उनले टोलीले दिएको सुझावका आधारमा मन्त्रालयले थप काम गर्ने बताएका थिए ।

बैठकले मधेसमा खानेपानीको समस्यासमेत रहेको जनाउँदै त्यसको अध्ययन गर्नका लागि चारवटै मन्त्रालयका सहसचिवको प्रतिनिधित्व रहनेगरी एक कार्यदल गठन पनि गरेको छ । उक्त कार्यदलले तत्काल समस्या पहिचान गरी शीघ्र समाधानका उपाय खोज्ने जनाइएको छ ।

छलफलमा जलस्रोत तथा सिँचाइसचिव सरिता दवाडीले तराई–मधेसका जम्मा ५० प्रतिशत हाराहारीमा मात्र सिँचाइ सुविधा पुगेको बताइन् । उनले सिँचाइ र खानेपानीका लागि भूमिगत पानी नै उत्तम उपाय भएको उल्लेख गरिन् ।

बैठकमा कृषि मन्त्री अधिकारीले किसानका समस्या समाधान गर्न सरकारले उच्च प्राथमिता दिएको हुँदा यसका लागि चारमन्त्रालयका बीचमा थप समन्वय आवश्यक रहेको बताए । ऊर्जामन्त्री खड्काले चाँडोभन्दा चाँडो जनतालाई खानेपानी र सिँचाइको सुविधा पु¥याउन सरकार लागिरेहको बताउँदै सबै मन्त्रालयबीच समन्वय गरेर चाँडो काम सम्पन्न गर्न लाग्नुपर्ने बताए ।साभारः इकान्तिपुर

 

Related posts

प्रहरी आचरण विपरित कार्य गरेको भन्दै असई सहित तीनजना प्रहरी कर्मचारी निलम्बन ।

MadhesKhabar

काँग्रेसले नपत्याएका गुप्ताले काँग्रेसकै उम्मेदवारलाइ दोब्बर मतले हराइदिए

MadhesKhabar

प्रहरी दिवसको अवसरमा वीरगन्जमा आयोजित कार्यक्रममा ६७ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment