Madhes Khabar
Uncategorized

पानीको समस्या समाधानका लागि मन्त्री यादव र चौरसियाको सकृयता :कृषि र उर्जामन्त्रीसंग छलफल

काठमाडौं,६साउनःवीरगन्जसहित मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न विभिन्न चार मन्त्रीबीच छलफल भएको छ । बर्षा याममा मधेसका ८ जिल्लामा पानी अत्यन्त कम परेकाले खानेपानी तथा सिँचाइको अभाव भएपछि उक्त समस्या समाधान गर्न सोमबार खानेपानी मन्त्री प्रदीप यादव र कानुन तथा संसदीय मामिलामन्त्री अजय चौरासियाले कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासंग छलफल गरेका हुन् ।

ऊर्जा मन्त्रालयमा भएका उक्त छलफल ती चारवटै मन्त्रालयका सचिवहरुकोपनि सहभागिता रहेको थियो । बैठकमा कृषि मन्त्री अधिकारीले मधेसमा अत्यन्त कम वर्षा हुँदा रोपाइँ हुन नसकेको सन्दर्भमा अध्ययन गर्न टोली परिचालन गरिएको जानकारी दिएका थिए । उनले टोलीले दिएको सुझावका आधारमा मन्त्रालयले थप काम गर्ने बताएका थिए ।

बैठकले मधेसमा खानेपानीको समस्यासमेत रहेको जनाउँदै त्यसको अध्ययन गर्नका लागि चारवटै मन्त्रालयका सहसचिवको प्रतिनिधित्व रहनेगरी एक कार्यदल गठन पनि गरेको छ । उक्त कार्यदलले तत्काल समस्या पहिचान गरी शीघ्र समाधानका उपाय खोज्ने जनाइएको छ ।

छलफलमा जलस्रोत तथा सिँचाइसचिव सरिता दवाडीले तराई–मधेसका जम्मा ५० प्रतिशत हाराहारीमा मात्र सिँचाइ सुविधा पुगेको बताइन् । उनले सिँचाइ र खानेपानीका लागि भूमिगत पानी नै उत्तम उपाय भएको उल्लेख गरिन् ।

बैठकमा कृषि मन्त्री अधिकारीले किसानका समस्या समाधान गर्न सरकारले उच्च प्राथमिता दिएको हुँदा यसका लागि चारमन्त्रालयका बीचमा थप समन्वय आवश्यक रहेको बताए । ऊर्जामन्त्री खड्काले चाँडोभन्दा चाँडो जनतालाई खानेपानी र सिँचाइको सुविधा पु¥याउन सरकार लागिरेहको बताउँदै सबै मन्त्रालयबीच समन्वय गरेर चाँडो काम सम्पन्न गर्न लाग्नुपर्ने बताए ।साभारः इकान्तिपुर

 

Related posts

पर्साका प्रदेश सांसद रहबर अन्सारीले छाडे माओवादी

MadhesKhabar

एमाले नेताहरुबाट यौन शोषणमा परेको भन्दै तीन जना महिला धर्नामा

MadhesKhabar

बारा २ मा उपेन्द्र यादवलाई जिताउन लाेसपाकाे चुनावी कमान्डर बने जितेन्द्र साेनल

MadhesKhabar

Leave a Comment