
काठमाडौं,३ वैशाखः नेकपा एमालेका नेताहरूबाट यौन शोषणमा परेको भन्दै तीन जना महिला काठमाडौंको माइतीघरमा धर्ना बसेका छन्।
बझाङबाट निर्वाचित एमाले सांसद ऐन महरसहित पूर्वमन्त्रीसमेत रहेका एमाले सचिव महेश बस्नेत र पूर्व सांसद कर्ण मल्लबाट यौन शोषणमा परेको भन्दै तीन जना धर्नामा बसेका हुन्।

मल्लबाट यौन शोषणमा परेको भन्दै कालिकोटकी जमुना खत्री चैत ८ गतेदेखि धर्नामा छिन्। उनी रातदिन माइतीघरमा धर्ना दिइरहेकी छिन्।मल्ल बलात्कार आरोपमा चैत १४ गते पक्राउ परेका थिए। ललितपुर प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
यस्तै एमाले सचिव महेश बस्नेतबाट यौन शोषणमा परेको भन्दै धादिङकी शोभा पाठक र पूर्व सांसद कर्ण महरबाट यौन शोषणमा परेको भन्दै बझाङकी रस्मिला धामीले पनि बिहीबार (बैशाख ३ गते)देखि धर्ना सुरु गरेका छन्।


दुवै जनाले दायर गरेको मुद्दा हाल उच्च अदालत पाटनमा विचाराधिन रहेको छ। पाठक र धामीले उनीहरूलाई बस्नेत र महरलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।यद्यपि यसअघि बस्नेतलाई पक्राउ गर्ने जिल्ला अदालत काठमाडौँले अनुमति दिएको थिएन। वर्षा शाह /देशसञ्चार

