Madhes Khabar
Uncategorized

राप्रपा उम्मेदवार नरेश साह भन्छन् : हिन्दु राष्ट्र र राजतन्त्रका लागि राप्रपालाई भोट दिनु होला

मधेसखबर
वीरगन्ज , २० कार्तिक : पर्सा क्षेत्र नमबर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनलहर बढ्दै गएको छ । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पुर्नस्थापना तथा संघीयताको खारेजीको मुख्य एजेण्डा बोकेको राप्रपा प्रति जनताको आकर्षण बढ्दै गएको पाइएको छ ।

पर्सा २ मा राप्रपाबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार नरेश कुमार साह जनताको घरदैलोमा पुग्दा मतदाताहरुले हिन्दु राष्ट्र र राजतन्त्रको पक्षधर राप्रपालाई नै यसपालि आफुहरुले मत दिने बताइरहेको युवा नेता प्रशान्त दुवेले जानकारी दिए ।आइतबार पर्सागढी नगरपालिका वडा नम्बर वडा नम्बर ८ मा चु्नावी घरदैलोका क्रममा पुगेका उम्मेदवार साहलाई स्थानीय मतदाताले हिन्दू राष्ट्रको पक्षधर राप्रपालाई नै मत दिएर विजयी गराउने निर्णयमा आफुहरु रहेको बताए ।

त्यस क्रममा राप्रपाका प्रतिनिधी सभा सदस्य उम्मेदवार साहले चुनावका बेला अरु नेता जस्तो आफुले झुठा प्रलोभन नदिने भन्दै हिन्दु राष्ट्र र संघीयता खारेजको मुद्धा बोकेको राप्रपालाई मत दिन आग्रह गरे ।भ्रष्टचार गरे नेपाली आमाको खुन पिउनु भन्ने नारा लिएका राजेन्द्र लिङदेन जस्तो नेताले अध्यक्षता गरेको राप्रपाले नै यो मुलुकबाट भ्रष्टचार समाप्त पार्ने भन्दै साहले भने ,‘ अरु केहि होइन यदि यो मुलुकमा भ्रष्टचारलाई खतम पार्नु छ र नेपाललाई हिन्दु राष्ट्र बनाउनु छ भने राप्रपालाई भोट दिनु होला ।

चुनावी घरदैलो कार्यक्रममा राप्रपाका उुवा नेता प्रशान्त दुवे , विराज यादव लगायतको सहभागीता थियो ।

Related posts

अन्तर्राष्ट्रिय युवा दिवसमा एनवाईइएफद्वारा वीरगन्जमा ‘युवा उद्यमी सम्मेलन र र्याली ’ आयोजना

MadhesKhabar

पर्साका प्रदेश सांसद रहबर अन्सारीले छाडे माओवादी

MadhesKhabar

मैत्रीपूर्ण फुटबलमा आज राति नेपाल र इंग्ल्यान्ड ’सी’ खेल्दै

MadhesKhabar

Leave a Comment