Madhes Khabar
Uncategorized हेडलाइन

पर्साका प्रदेश सांसद रहबर अन्सारीले छाडे माओवादी

वीरगन्जं,२४पुसःनेकपा माओवादी केन्द्रका नेता तथा मधेस प्रदेश सांसद रहबर अन्सारीले पार्टी छाडेका छन्। नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै अन्सारीले राजीनामा पत्र बुझाएका हुन् ।

पर्सा क्षेत्र नम्बर १ को (क) बाट प्रदेश सांसदमा निर्वाचित अन्सारीले बिहीबार अध्यक्ष प्रचण्डलाई दिएको राजीनामा पत्रमा भनिएको छ, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ । यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु।’

प्रचण्डले केही दिनअघि नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफ सम्झाउँदै रहबरले राजीनामा पत्र पठाएका हुन् ।

Related posts

बारा ४ मा दुई पूर्व मन्त्री सहित त्रिपक्षीय भिडन्त, गठबन्धनका किसान संकटमा

MadhesKhabar

मुख्यमन्त्री राउतद्वारा काँग्रेसका तीन मन्त्री बर्खास्त

MadhesKhabar

सब–इन्जिनियर यादवको हत्यारालाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

MadhesKhabar

Leave a Comment