Madhes Khabar
Uncategorized

अन्तर्राष्ट्रिय युवा दिवसमा एनवाईइएफद्वारा वीरगन्जमा ‘युवा उद्यमी सम्मेलन र र्याली ’ आयोजना

वीरगन्ज,२८साउनःनेपाल युवा उद्यमी मञ्च (एनवाईइएफ) वीरगन्ज च्पाप्टरले अन्र्तराष्ट्रिय युवा दिवस वीरगन्जमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाएको छ ।

अन्र्तराष्ट्रिय युवा दिवसका अवसरमा एनवाईइएफको आयोजनामा वीरगन्जको गहवामाई मन्दिर अगाडिबाट मंगलबार बिहान ‘र्याली फर दि नेशन,मेड इन नेपाल र्याली’ नारा सहित र्याली निकालिएको थियो । र्यालीमा विभिन्न विद्यालय र क्याम्पसका विद्यार्थी,आयोजक संस्थाका सदस्य,युवा उद्यमी लगायतकाको सहभागीता थियो ।

र्यालीपछि वीरगन्जको नगरसभा गृहमा ‘युवा उद्यमी सम्मेलन’ पनि आयोजना गरिएको थियो । उक्त सम्मेलनमा शिक्षा उद्यमी सरोज ताम्रकारले आइस ब्रेकीङ सेसन सञ्चालन गरेका थिए भने मुख्य वक्ता प्रीया सिग्देल र ताम्रकारले उद्यमशीलता र नवप्रर्वतन विषयमा आफना अनुभवहरु साझा गरेका थिए ।

त्यसपछि सम्मेलनमै मधेस प्रदेशका युवा तथा खेलकुदमन्त्री प्रमोद जयसवाल र एनजीसीका कार्यकारी सदस्य पवित्र गौतमले ‘स्टार्टअप क्लीनिक’को शुभारम्भ गरेका थिए । त्यसमा उद्यमीहरुको पहिचान,मार्गदर्शन र लगानीका अवसरहरु बारे चर्चा गरिएको थियो । ‘स्टार्टअप क्लीनिक’कार्यक्रममा एनवाईइएफ) वीरगन्ज च्पाप्टरका पूर्वअध्यक्ष पंकज अग्रवाल र पवित्र गौतमले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नविन सोच मार्फत समाजमा पहिचान बनाउन सपफल विभिन्न क्षेत्रका चार जनालाई सम्मानितपनि गरिएको एनवाईइएफ) वीरगन्ज च्पाप्टरका अध्यक्ष विश्वासप्रताप शाहले जानकारी दिए ।

शाहकै अध्यक्षतामा भएको कार्यक्रममा मधेस विश्वव्दिालयका उपकूलपति प्रा. डा. दीपक शाक्य,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सुबोध गुप्ता,पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,नेकपा एमालेका नेता शम्भु गुप्ता, एनवाईइएफ) वीरगन्ज च्पाप्टरका पूर्वअध्यक्ष अनुप अग्रवाल,वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव आशीष लाठ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

भेडाहा नदि नियन्त्रणका लागि तटबन्ध बनाउदै वीरगन्ज महानगर

MadhesKhabar

पर्सामा रोकिएको मतगणना सुचारु गर्न निर्वाचन आयोगको निर्देशन

MadhesKhabar

पर्साको पालिकामा पहिलो जित काँग्रेसको , ३२ वर्षिय अनोज पालिका प्रमुखमा विजयी

MadhesKhabar

Leave a Comment