Madhes Khabar
Uncategorized

कांग्रेस विशेष महाधिवेशन : महामन्त्रीमा शर्मा र पौडेलको उम्मेदवारी

काठमाडौ,३०पुसःकाठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेदवारी परेको छ।

दुई महामन्त्री पदका लागि यसअघिका महामन्त्री विश्वप्रकाश शर्मा र यसअघिका केन्द्रिय सदस्य प्रदीप पौडेलको उम्मेदवारी परेको हो । सभापति पदमा भने यसअघिका महामन्त्री गगन थापाको एकल उम्मेदवारी परेको छ ।

बिहान ११ बजे सकिएको मनोनयन दर्ता अनुसार सभापति पदका लागि थापाको मात्रै तथा महामन्त्री पदका लागि शर्मा र ौडेलको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।यस्तै सहमहामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। कांग्रेसमा ८ जना सहमहामन्त्री रहनेछन्।

कुन–कुन पदमा क–कसले उम्मेदवारी दिएको भन्ने बारेमा निर्वाचन समितिले बुधबार दिउँसो १ बजे सार्वजनिक गर्नेछ। समिति संयोजक सिताराम केसीले सबै पदमा उम्मेदवारी परेको जानकारी दिए।

‘मनोनयन फारम वितरण र उम्मेदवारी दर्ताको सबै कार्यक्रम ११ बजे सकियो। सबै पदमा उम्मेदवारी परेको र दिउँसो १ बजे उम्मेदवारको नामावली प्रकाशन तयारी छ,’ उनले भने, ‘सकेसम्म सर्वसम्मत गर्ने कुरा छ, यो राजनीतिक पाटो भयो।’

बुधबार बिहान सहमतिका लागि सभापति शेरबहादुर देउवासँग थापा र शर्माले वार्ता गरेका थिए । तर वार्ता सफल भएन ।सबै पदाधिकारीका लागि मनोनयन दर्ता भए पनि दुई महामन्त्री थापा र शर्मा अहिले कानुन विद्हरूसँगको परामर्शमा छन् ।

 

Related posts

पर्सा १ (ख) का काँग्रेस उम्मेदवार कुर्मी भन्छन् : शिक्षा र स्वास्थ्यमा सुधार मेरो चुनावी एजेन्डा हो

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

अन्तर्राष्ट्रिय युवा दिवसमा एनवाईइएफद्वारा वीरगन्जमा ‘युवा उद्यमी सम्मेलन र र्याली ’ आयोजना

MadhesKhabar

Leave a Comment