
काठमाडौं,२४बैशाखः नेपाली राष्ट्रिय फुटबल टोली र इंग्ल्यान्डको ‘सी’ टोलीबीचको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण फुटबल खेल आज(सोमबार)राति हुँदैछ । यो खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजेखेल इंग्ल्यान्डको एल्डरशटमा रहेको ईबीबी स्टेडियममा सुरु हुनेछ ।
यसअघि गएको शुक्रवार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले गोलरहित बराबरी खेलेको थियो । एल्डरशटमा रहेको मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।
दुई वटा मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोली इङ्ग्ल्यान्ड गएको हो ।
यस्तो छ नेपाली टोली–
गोलकिपर : किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार
डिफेन्डर : छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ, रोहित चन्द
मिडफिल्डर : फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी, लकेन लिम्बु
फर्वार्ड : दिनेश हेन्जन, अञ्जन विष्ट, जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट

