Madhes Khabar
Uncategorized

एका बिहानै सडकमा झाडु लगाउदै मेयर राजेशमान (फोटो फिचर )

मधेस खबर
वीरगन्ज, १४
:वीरगन्ज महानगरका नवनिर्वाचित मेयर र उपमेयरले शनिबार पनि सडक र नालाको सरसफाइको अवस्था बारे जायजा लिएका छन् ।


मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमले शनिबार बिहान महानगरपालिका सरसफाइ शाखाका कर्मचारीहरुलाइ संगै लिएर विभिन्न स्थानको सडक र नाला सरसफाइ गराएका हुन् । दुवै जना आफैले पनि सडकमा झाडु पनि लगाएका छन् ।


विर्ता चोक , मकालु चोक , कैलाश होटल चोक , घडीअर्वा , माइस्थान हुदै घण्टाघर सम्म पुगेर दुवै जनाले सडक र नाला सरसफाइ गराएका हुन् । यसका साथै सडक र सडक पेटिमा थुपारिएका गिट्टी बालुवा पनि महानगरका कर्मचारीबाट उठाउन लगाएका छन् । त्यस क्रममा वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु , वडा नम्बर ६ का वडा अध्यक्ष जयप्रकाश अग्रवाल, वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ता लगायतको पनि सहभागीता रहेको थियो ।

Related posts

वीरगंज–२ घुसुकपुरमा विभिन्न दलका नेता–कार्यकर्ता एमालेमा प्रवेश

MadhesKhabar

वीरगंजमा कोइला डिपोलाई व्यवस्थित गर्न महानगरको कडाई ः दर्ता, कर, वातावरणीय अध्ययन अनिवार्य

MadhesKhabar

बारामा अज्ञात समूहको खुकुरी प्रहारबाट एमाले कार्यकर्ता गोले घाइते

MadhesKhabar

Leave a Comment