वीरगंज १,फागुन :आज शुक्रबार वीरगंज महानगरपालिका वडा नं. २ घुसुकपुरमा नेपाली काँग्रेस, आम जनता पार्टीलगायत विभिन्न राजनीतिक दल परित्याग गरी अजीमुन अन्सारी, नेक मोहम्मद अन्सारीसहित दर्जनौं नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
नवप्रवेशीहरूलाई स्वागत गर्दै पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले हृदयदेखि नै हार्दिक स्वागत तथा धन्यवाद ज्ञापन गरे । उनले यो प्रवेशले वडा नं. २ को विकास, समृद्धि र जनताको हकहितका लागि सञ्चालन गरिएको अभियानमा थप ऊर्जा र विश्वास थपिएको बताए।
यादवले सबैलाई एकजुट भएर समृद्ध वीरगंज निर्माणको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा जनताको पक्षमा अझ प्रभावकारी रूपमा काम गर्ने उल्लेख गरे।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।


