Madhes Khabar
Uncategorized

घरमा आगलागी हुदाँ जलेर खुखनी देवीकाे मृत्यु

जनकपुरधाम,१०बैशाख: धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ स्थित बगैचाबाट सल्केर फुसको घरमा आगलागी हुदाँ जलेर एक महिलाको मृत्यु भएको छ ।

 

घरबाट भाग्न नसक्दा ४५ वर्षीया खुखनी देवी कापरको जलेर मृत्यु भएको स्थानीय बलिराम कापरले जानकारी दिए । उनका अनुसार बाँस र आँपका रुखहरु रहेको बगैंचामा आगो लाग्यो । त्यो आगो गहुँको भुस राख्न बनाएको फुसको घरमा पुग्यो । त्यही घरमा खुखनी देवी थिइन् ।

आगलागीबाट घर पनि जलेको छ । घरबाट महिला भाग्न खोजेकी थिइन् तर लडेपछि भाग्न नसक्दा जलेकी थिइन् । आगलागी स्थानीय, प्रहरी र बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियाे ।साभार:नेपालप्रेसबाट

Related posts

मल वितरण प्रकृया सहज बनाउन सरकारसंग प्रदेशसभा सदस्य श्याम पटेलको माग

MadhesKhabar

सरकारले छनौट गरेका ‘नमूना विद्यालय’ मा पर्साका ५ र बाराका ७ सरकारी विद्यालय पनि परे

MadhesKhabar

टी–२० विश्वकपमा भोलि नेपाल बंगलाादेशसंग खेल्दै

MadhesKhabar

Leave a Comment