जनकपुरधाम,१०बैशाख: धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ स्थित बगैचाबाट सल्केर फुसको घरमा आगलागी हुदाँ जलेर एक महिलाको मृत्यु भएको छ ।
घरबाट भाग्न नसक्दा ४५ वर्षीया खुखनी देवी कापरको जलेर मृत्यु भएको स्थानीय बलिराम कापरले जानकारी दिए । उनका अनुसार बाँस र आँपका रुखहरु रहेको बगैंचामा आगो लाग्यो । त्यो आगो गहुँको भुस राख्न बनाएको फुसको घरमा पुग्यो । त्यही घरमा खुखनी देवी थिइन् ।
आगलागीबाट घर पनि जलेको छ । घरबाट महिला भाग्न खोजेकी थिइन् तर लडेपछि भाग्न नसक्दा जलेकी थिइन् । आगलागी स्थानीय, प्रहरी र बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियाे ।साभार:नेपालप्रेसबाट

