Madhes Khabar
Uncategorized

नेपाल ६० रनमै अलआउट,आयरल्यान्ड ११४ रनले विजयी

काठमाडौं,२३चैतःदोस्रो एकदिवसीय श्रृंखला अन्तरगत शुक्रबार भएको खेलमा नेपाल ‘ए’ले आयरल्यान्ड उल्भ्ससंग लज्जास्पद हार ब्यहोरेको छ ।त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल आयरल्यान्डसंग ११४ रनको फराकिलो अन्तरले हारेको हो । १७५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपाल नेपाल ए १६.५ ओभरमा ६० रनमै अलआउट भयो ।

नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए । विनोद भण्डारी १९बलमा २ चौकासहित १६ रनमा आउट भए । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।आयरल्यण्डका लागि स्पिनर म्याथ्यु हम्फ्रेजले ४.५ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ६ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आयरल्यण्डले ३८.४ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो । आयरल्यण्डका लागि गेभिन होइले ५० रन र नेल रकले ४५ रन बनाए ।

बलिङ्तर्फ नेपालका लागि शाहब आलम र रिजन ढकालले ३–३ विकेट तथा मौसम ढकालले २ रकमलसिंह ऐरीले १ विकेट लिए ।यसअघि बुधबार सम्पन्न खेलमापनि नेपाल २१ रनले पराजित भएको थियो।नेपाल ए र आयरल्यान्ड ए बीचको अन्तिम खेल आइतबार हुनेछ ।

 

Related posts

गढीमाई मन्दिरको एउटा दान पेटिका खोल्दा करिब ४ लाख रुपैयाँ भेटी संकलन

MadhesKhabar

सिमान्तकृत समुदायको हक अधिकारका लागि बाराको फेटा १ मा संजाल गठन

MadhesKhabar

प्रहरी आचरण विपरित कार्य गरेको भन्दै असई सहित तीनजना प्रहरी कर्मचारी निलम्बन ।

MadhesKhabar

Leave a Comment