Madhes Khabar
स्थानिय हेडलाइन

देशभरका महानगर र उपमहानगरका मेयर,उपमेयरको सहभागितामा सीएनएनसीको बैठक वीरगन्जमा सम्पन्न

वीरगन्ज,१८मंसिरःवीरगन्जमा सिटीनेट नेपाल नेशनल च्याप्टर (सीएनएनसी) को राष्ट्रिय बैठक बिहीबार वीरगन्ंजमा भव्यताका साथ सम्पन्न भएको छ।

देशभरका ६ वटै महानगरपालिका, उपमहानगर तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागीता रहेको बैठको आयोजक वीरगन्ज महानगरपालिका रहेको थियो । बैठकमा शहरी विकास, प्रदूषण व्यवस्थापन, विपद् जोखिम न्यूनीकरण तथा शहरहरुबीचको सहकार्य तथा आगामी वर्षका योजना बारे विस्तृत छलफल गरियो।

बैठकले विपद् जोखिम न्यूनीकरण, अनुसन्धान तथा शिक्षण केन्द्र स्थापनाको लागि सैद्धान्तिक सहमति जनाउँदै नेपालका प्रमुख सहरहरूलाई उत्थानशील बनाउने निर्णय गरेको छ ।

बैठकमा सहभागीहरूले सिटीनेट नेपाल च्याप्टरको आगामी साधारण सभा तथा महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलनको तयारी र सहकार्यका लागि भावी दिशानिर्देशबारेपनि गहन छलफल गरेका थिए ।

बैठकमा वीरगन्ज महानगरपालिकाको समन्वयमा विपद सम्बन्धि कोष स्थापना गर्ने निर्णय गरीएको छ । त्यस्तै नगरपालिका समुह दर्ता गर्ने , कार्ययोजना तयार पार्ने , विभिन्न सदस्य पालिकाहरुविच संन्जाल दर्ता गर्ने , फोकल पर्संन तोक्ने , हरेक छ छ महिनामा बैठक बस्ने ,दर्ता प्रक्रिया सुरु गर्ने , सचिवालय दर्ता गर्ने , जेठ महिनामा ललितपुरको गोदावरी नगरपालिकाले बैठकको आयोजना गर्ने , सहजीकरणका लागि सानो ईकाईको समेत स्थापना गर्ने निर्णयपनि वीरगन्ज महानगरका मेयर राजेशमान सिँहले जानकारी दिए ।
साथै पछिल्लो एक वर्षमा विपद् व्यवस्थापन, दिगो विकास र उत्थानशील शहरका पहलहरूबारे विभिन्न सिटीनेट सदस्य नगरपालिकाहरूबीच अनुभव आदानप्रदान पनि गरीएको उनले बताए ।

बैठकमा प्राध्यापक. आममोदनी दीक्षित र डाक्टर गणेश कुमार जिसीले यसको अवधारणा, आवश्यकता र कार्य सञ्चालनमा सिकाइ तथा अनुभवको प्रस्तुति दिएका थिए । बैठकमा वीरगन्जका मेयर सिंहले सिटीनेटबाट भएका र हुने अनुभव आदानप्रदानले आफ्नो पालिकाको विभिन्न विकासका कार्यमा योजना बनाउने र कार्यान्वयनमा ल्याउने कुरामा महत्वपुर्ण सहयोग गरेको बताऐ । यस्तै अन्य पालिकाका प्रमुखहरुले पनि आफ्ना पालिकामा भएका विकास निर्माणमा कार्य , विपद सम्बन्धमा विभिन्न कार्य तथा आगामी योजनाबारे जानकारी गराएका थिए ।

बैठकको उद्घाटन सिटिनेट नेपालका राष्ट्रिय अध्यक्ष तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गमलामा पानी हालेर गरेका थिए ।

बैठकको प्रारम्भमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) का स्वर्गीय बुवाप्रति मौनधारण गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको थियो । स्वागत मन्तव्य वीरगन्ज महानगरका उपमेयर इम्तेयाज आलमले दिएका थिए ।

एसिया–प्रशान्त क्षेत्रका विभिन्न सहरहरूको एक बलियो सञ्जालको रूपमा स्थापित सिटीनेटले नेपालमा पनि आफ्नो सक्रियता बढाएको छ। नेपालको सिटीनेट नेपाल राष्ट्रिय अध्याय मार्फत यो संस्थाले स्थानीय सरकारहरूलाई दिगो विकास, विपद् व्यवस्थापन र जलवायु परिवर्तनको क्षेत्रमा ज्ञान तथा अनुभव आदानप्रदान गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्दै आएको छ।

सिटीनेटमा एसिया भरी १०३ सदस्य रहेका छन् भने जसमध्ये ५३ जना एसोसीएटतर्फका सदस्य , संस्थागततर्फ २ र अन्तराष्ट्रिय संघसंस्था २६ जनना सदस्यका रुपमा रहेका छन् । यसमध्ये नेपालमा भने सिटीनेट नेपाल राष्ट्रिय अध्याय अन्तगर्तत १६ वटा पालिकाहरु सदस्य रहेका छन् । यस्तै ८ वटा एसोसिएट तर्फका सदस्य रहेका छन् ।

१ लाख भन्दा बढी जनसंख्या रहेको वीरगंज महनगरपालिका , भरतपुर महनगरपालिका , ललितपुर महानगरपालिका , विराटनगर महानगरपालिका, पोखरा महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका गरी १६ वटा पालिका आबद्ध छन् ।

सिटिनेट एसिया प्यासिफिक रिजनको विभिन्न शहरहरुको एक संगठन हो । यसको स्थापना सन् १९८७ मा जापानको टोकियोमा भएको हो । सिटीनेटले विशेषगरी स्थानीय सरकारलाई विभिन्न विकासका कार्यहरुमा सहजीकरण गर्ने उद्देश्यले अनुभव र सिप सिकाई आदानप्रदानमा गर्नुका साथै जलवायु परिवर्तन , विपद व्यवस्थापन र दीगो विकासका लागि काम गर्दै आएको छ । यसका पदाधीकारीहरु प्रत्येक चार वर्षमा परीवर्तन हुन्छन् । सिटीनेटको ४५ औँ बैठक ईन्डोनेसियामा भएको थियो । त्यसमा नेपालको प्रतीनीधीत्व ललितपुर महानगरपालिकाका चिरुबाबु महर्जनले गरेका थिए ।

नेपालमा भने सिटीनेटको पहिलो कार्यक्रम २०८० सालमा धनगढीमा भएको थियो । नेशनल च्याटर भने २०८० भाद्र महिनामा विराटनगरमा सम्पन्न भएको थियो ।

 

Related posts

माइस्थानको सडकमा सवारीसाधन प्रवेशमा लगाइएको रोक हटाउन व्यपारीहरुको माग

MadhesKhabar

विपक्षीहरु अत्तालिन थाले , मैले निर्वाचन अधिकृतलाई धम्की दिएकै छैन : रमेश रिजाल

MadhesKhabar

सर्वाेच्च अदालतमा वीरगन्जकाे मेनराेड विस्तार मुद्दाको अर्काे पेशी असाेज २२ गते

MadhesKhabar

Leave a Comment