वीरगन्ज,११असार:वीरगन्ज महानगरपालिकामा रहेका सबै विद्यालयहरु असार १३ गते बन्द रहने भएका छन्।असार १३ गते वीरगन्जमा गहवामाईकाे रथ यात्रा निकालिने भएकाले त्यस दिन महानगरका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द रहने भएका हुन्।
बुधबार वीरगन्ज महानगरपालिका नगरकार्यपालिकाकाे कार्यालयले एक सुचना जारी गर्दै असार १३ गते रथ यात्राका दिन महानगरका सबै विद्यालयमा विदा दिने निर्णय गरेकोे हाे।
महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जारी गरेकाे सुचनामा भनिएकाे छ- असार १३ गते वीरगन्जमा गहवामाईकाे भव्य रथयात्रा हुने भएकाले महानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा उक्त दिन पठनपाठन स्थगित गरिएको ब्यहाेरा सबैमा जानकारी गराइन्छ।´
यसअघि गत वर्षपनि असार २३ गते गहवामाईकाे नवनिर्मित मन्दिरकाे १२ बर्ष पुरा भएकाे उपलक्ष्यमा भब्य रथ यात्रा निकालिएको थियाे ।त्यसदिन पनि वीरगन्जका विद्यालयहरुमा विदा दिइएको थियाे।


