Madhes Khabar
राष्ट्रिय हेडलाइन

४१ वर्षकाे उमेरमा तेश्राे पटक मन्त्री बनेकी ज्वाला साहलाई कृषि मन्त्रालयकाे जिम्मेवारी

मधेसखबर
वीरगन्ज ,०३माघ : बारा क्षेत्र नम्बर ३ कि प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहले संघिय सरकारकाे कृषि तथा पशुपंक्षी विकास मन्त्रीकाे जिम्मेवारी पाएकी छन् ।

पुस ११ गते नै प्रधानमन्त्री पुष्प कमल दाहाल नेतृत्वकाे सरकारमा विना विभागीय मन्त्री नियुक्त भएकी साहलाई मङ्गलबार मन्त्री मण्डल विस्तार गरिए संगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयकाे जिम्मेवारी दिइएकाे हाे ।

याेसंगै ४१ वर्षिया साह , तेश्राे पटक मन्त्री बन्न सफल भएकि छन् ।यसअघि केपी ओली नेतृत्वको सरकारमा २०७८ जेठमा साह केही दिनका लागि कृषि मन्त्री बनेकी थिइन् भने २०६७ सालमा पनि उनी राज्यमन्त्री भएकी थिइन् ।

माओवादी पृष्ठभूमिकी साहले २०७७ मा एमाले रोजेकी हुन्। उनी २०७४ को निर्वाचनमा बाराबाट मधेस प्रदेशको सांसद बनेकी थिइन्। २०७० मा भने उनी पराजित भएकी थिइन्।गत मंसिर ४ काे निर्वाचनमा उनी बारा ३ बाट एमालेका तर्फबाट उम्मेदवार बनेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

माओवादीबाट राजनिती शुरु गरे पनि उनको पारिवारिक पृष्ठभूमि भने एमाले नै हो। उनका बुवा खेदु साह कानु र आमा श्रीपती देवी साह कानु एमालेको राजनीतिमा सक्रिय थिए। २०३८ सालमा किसान आन्दोलनका क्रममा वीरगन्जमा जेल पर्दा ज्वाला आमाको गर्भमा थिइन्। बुवा जेलमै रहेको बेलामा उनको जन्म भयो। त्यहीबेला उनको नाम बुवाले ज्वाला कुमारी राखिदिएका हुन्। आफूभन्दा अघिका दुई दाजु बितिसकेका थिए। अहिले साहका १ भाइ र दुई बहिनी छन्।

Related posts

एसईईको नतिजा भोलि बिहान सार्वजनिक गरिने

MadhesKhabar

अपडेट : दिनभर तनावग्रस्त किन बन्याे सिमरा ?….

MadhesKhabar

स्वर्गीय पत्रकार नरेश सर्राफकी छोरीलाई वीरगन्ज महानगरले दियो पाँच लाख

MadhesKhabar

Leave a Comment