Madhes Khabar
कृषि हेडलाइन

ठाेरीकाे गाई फार्म छाडेर हिडेका सञ्चालकहरुले फार्ममा पुगेर गाईलाई दानापानी खुवाउन थाले

वीरगन्ज,११फागुन:पर्साकाे ठाेरी गाँउपालिका वडा नम्बर ५ सुवर्णपुरस्थित कलश क्याटल फार्ममा अलपत्र परेका गाईहरुलाई आइतबारदेखि दानापानी खुवाउन सुरु गरिएको छ।फार्मका सञ्चालकहरु ४/५ महिनादेखि सम्पर्कविहन भएपछि दानापानी खान नपाएर २०४ वटा गाईहरु केही हप्तादेखि अलपत्र परेका थिए।

दानापानी खान नपाएर फार्ममा गाई र बाच्छाबाच्छीहरु बिरामी पर्नुका साथै मर्न थालेपछि ठाेरी गाँउपालिकाकाे न्यायिक समितिमा स्थानीयले फार्मका अध्यक्ष इश्वरलाल जाेशी, सञ्चालकद्वय श्यामवदन यादव र गुरु भट्टविरुद्ध उजुरी दिएका थिए।यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललेपनि तीनै जना सञ्चालकलाई फाेन गरेर फार्ममा पुगेर गाईहरुकाे रेखदेखमा लाग्न निर्देशन दिएका थिए।

आइतबार ठाेरी गाँउपालिकाकाे कार्यालयमा न्यायिक समितिले तीनै जना सञ्चालकहरुलाई बाेलाएर छलफल गर्याे।पर्साका प्रमुख जिल्ला अधिकारी अर्याल,प्रहरी उपरीक्षक गाैतम मिश्र,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,गाँउपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ,उपाध्यक्ष गाेकुली कुमारी रेग्मीसहितकाे छलफलमा फार्मका अध्यक्ष जाेशी तथा सञ्चालकद्वय यादव र भट्टलाई गाईहरुलाई अलपत्र नपार्न सचेत गराईएकाे थियाे।साथै तत्काल फार्ममा गएर गाईहरुकाे रेखदेख गरेर दानापानी खुवाउन र ओैषधि उपचार गर्नपनि उनिहरुलाई निर्देशन दिइएको थियाे।अन्यथा फार्मका गाईहरु किसानलाई वितरण गर्ने र त्यसबापतकाे खर्च सञ्चालकहरुबाट असुलउपर गरिने चेतावनीसमेत दिइएको थियाे।छलफलमा प्रजिअ अर्याल र गाँउपालिका अध्यक्ष श्रेष्ठले फार्ममा अलपत्र पारिएका गाईहरुलाई अब पनि भाेकभाेकै राखे तीनै जना सञ्चालकलाई ठाेरी गाँउपालिकाबाट बाहिर जान नदिने र प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएका थिए।

 

त्यसपछि तीनै जना सञ्चालकहरुले गाईहरुलाई तत्कालका लागि दानापानी खुवाउन र ओैषधिउपचार गर्न तथा ५ महिनादेखि राेकिएकाे फार्मका कर्मचारीहरुकाे ज्याला तथा किसानका बक्याैता भुक्तानी दिन ३० लाख रुपैयाँको काेष खडा गर्ने सहमित जनाए।उक्त काेषमा तीनै जना सञ्चालकले जनही १०/१० लाख रुपैयाँ जम्मा गर्ने र आइतबारदेखि देखि नै फार्म सञ्चालनकाे जिम्मा सञ्चालक यादवले लिने लिखित सहमति जनाए ।

 

उक्त सहमतिलगत्तै तीनै जना सञ्चालकहरु आइतबार साँझ फार्ममा पुगेर गाईहरुकाे रेखदेख र दानापानी खुवाउन सुरु गरेका हुन्।

 

फार्मका संस्थापक सञ्चालक यादवले साझृदारहरुबीचकाे आपसी विवादले फार्मका गाईहरु अलपत्र परेकाेमा दुख व्यक्त गर्दै अब भने त्यस्ताे हुन नदिने बताए ।आफू फार्मकाे संस्थापक सञ्चालक र ५१ प्रतिशतकाे साझेदार भएपनि ऋृण लिएको बैंकहरुकाे दबाबमा जाेशीलाई अध्यक्ष बनाएर आँफुलाई जिम्मेवारी विहिन बनाइएपछि आँफु ७/८ महिनादेखि फार्ममा जान छाेडेकाे उनले बताए ।आफू फार्ममा जान छाडेपछि अरु दुई सञ्चालक जाेशी र भट्टले २/३ महिना आँफुखुशी फार्म चलाएकाे र अवस्था झन् बिग्रिएपछि उनिहरुपनि फार्म र गाईहरु अलपत्र पारेर हिडेकाे उनले बताए ।जसका कारण फार्मका गाईहरु भाेकभाेकै पर्न थालेपछि फार्मका कामदार र गाँउलेले जसाेतसाे गरेर गाईहरुलाई पालेकाे उनले बताए ।

 

तर आइतबारकाे छलफलमा तीनै जना सञ्चालकले आपसी विवाद हाललाई थाँती राखेर गाईहरुकाे रेखदेखर सेवामा लाग्ने लिखित सहमति जनाएको उनले बताए ।उनले भने,`अब गाएहरु भाेकै रहदैनन् ।यस्काे ग्यारेन्टी म लिन्छु।याे मेराे ड्रिम प्राेजेक्ट हाे।यसलाई फेरि म जसरी पनि पहिलेकै अवस्थामा ल्याउन हरसम्भव प्रयास गर्नेछु।´

 

फार्मका अध्यक्ष तथा सञ्चालक जाेशीलेपनि फार्मका गाईहरुलाई अब भाेकभाेकै मर्न नदिने बताए ।उनले भने,` हामी साझेदारबीच जे जे विवाद छ त्याे पछि हामी बसेर सल्ट्याउँछाै।तर अहिले गाईहरुलाई जसरी हुन्छ रेखदेख गर्छाै।दानापानी खुवाउँछाै।मजदुरकाे बाँकी बक्याैता भुक्तानी गर्छाैं।विद्युतकाे बक्याैता महशुल तिर्छाै।´

 

सुवर्णपुरमा करिब ६ बर्षपहिले १२०० गाई पाल्ने गरि १४ बिघा जग्गामा कलश क्याटल फार्म स्थापना गरिएकाे थियाे।दक्षिण एसियाकै दाेस्राे ठूलाे भनिएको उक्त थाई फार्ममा नबिल बैंक र ज्याेति विकास बैंकले करिब ३४ कराेड ऋण लगानी गरेकाेमा त्यसकाे ब्याज थपिएर हाल ऋण करिब ४५ कराेड पुगेकाे छ।

Related posts

वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादव काम गर्ने नेता हुन् ,यसपालि फेरि जिताउछौ

MadhesKhabar

एमाले उपमहासचिव योगेशले भने : पर्सा–१ बाट प्रदीपलाई जिताएर पठाउनुस्, एमालेले मन्त्री बनाउँछ

MadhesKhabar

परवानीपुर गाँउपालिकाले जाजरकोटका भूकम्प पिडितहरुलाई दियो एक लाख रुपैयाँ

MadhesKhabar

Leave a Comment