Madhes Khabar
समाचार हेडलाइन

भारतबाट लागू औषधको कारोबार गर्ने गिरोह वीरगन्जमा पक्राउ, ७६१७० पिस ट्रामाडोलपनि बरामद

वीरगन्ज,२६मंसिरःवीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित लागू औषधको कारोबार गर्ने गिरोहलाई नै पक्राउ गरेको छ ।प्रहरीले लागू औषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ७६ हजार १७० पिससहित चार जनालाई वीरगन्जको दुई छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाका २० वर्षीय युवराज पटेल, त्यहि ठाँउका २१ वर्षीय अफजल देवान, धादिङका्े बेनिघाट रोराङ गाउँपालिका वडा नम्बरं.६ का १९ वर्षीय रामहरि मगर र धादिङकै सिदलेख गाउँपालिका वडा नम्बर.७ का १९ वर्षीय राजकुमार मगराती रहेका छन् ।

लागू औषधसहित पक्राउ गरिएका चारै जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक सुदीपराज पाठकले सार्वजनिक गरेका हुन् ।

प्रहरी उपरीक्षक पाठकका अनुसार, मंसिर २३ गते वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगन्ज–१५ प्रतिमा चोकस्थित टिकट काउन्टर अगाडि रोकिएको बाग्मती प्रदेश ०८–००१ ज ०११७ नम्बरको इभी माइक्रोबसमा खानतलासी गरेको थियो ।

त्यसक्रममा गाडीभित्र रहेका मगर र मगरातीको साथमा रहेको सुटकेशभित्र लुकाएर राखिएको ६० हजार ५३० पिस ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद भएको थियो । उक्त लागू औषध बरामद भएपछि प्रहरीले मगराती र मगरलाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि उनिहरुले दिएको बयानका आधारमा प्रहरीले लागू औषधको कारोबारमा संलग्न पटेल र देवानलाई पनि थप लागू औषधसहित पक्राउ गरेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए ।

सुरुमा पक्राउ परेका मगर र मगरातीले दिएको बयानका आधारमा खटिएको प्रहरी टोलीले वीरगन्ज–२४ रामगढवामा पुगेर त्यहाँ पटेल र देवानको डेरामा छापा मारेको थियो । त्यसक्रममा उनिहरुको डेरामा रहेको कार्टुबाट थप १५ हजार ६४० पिस ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद भएपछि ती दुवैजनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका गिरोहले भारतको कोलकत्ताबाट उक्त लागू औषध रक्सौल–वीरगन्ज नाका हुदैं चोरी छिपि वीरगन्ज भित्र्याएर वीरगन्जबाट काठमाडौं लगायतका शहरमा आपुर्ति गर्दै आएको खुलेको छ ।
यो गिरोहमा संलग्न अरु तीन जनाकोपनि पहिचान खुली सकेको भन्दै प्रहरी उपरीक्षक पाठकले उनिहरुकोपनि प्रहरीले खोजी गरिरहेको बताए ।

हाल पक्राउ परेका चारै जनालाई प्रहरी हिरासतमा राखेर उनिहरुविरुद्ध लागु औषध सम्बन्धि कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धानपनि भइरहेको पाठकले जानकारी दिए ।

 

Related posts

बिश्रामपुरमा जसपा–एमालेको सम्पर्क कार्यालय उद्घाटन

MadhesKhabar

दाइजोले प्रताडित प्रियदर्शनी रुदै भन्छिन् – विहे भएको १५ महिनामै १५ वटा मुद्धा बोकेर अदालत धाइरहेको छु

MadhesKhabar

मिडियामा आएको मत सर्वेक्षण प्रायोजित र हावादारी हो : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment