Madhes Khabar
राजनीति हेडलाइन

भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री गुप्तालाई थुनामा राख्न विशेष अदालतको आदेश

फाइल तस्बिर ।

काठमाडौं,१६पुस:विशेष अदालतले घुस लिएर भ्रष्टाचारको आरोपमा पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न आदेश दिएको छ ।

बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउनुपर्ने आदेश गरेको हो । बुधबार विशेष अदालतमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस भएको थियो । विशेष अदालतले उनलाई थुनामै राखी मुद्दा अघि बढाउन आदेश दिएको हाे ।

गत असार ३१ गते बिचौलियासँग घुससम्बन्धी संवाद सार्वजनिक भएपछि विवादमा तानिएका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएका थिए ।

 

पर्सा-३ का निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गुप्ता र बिचौलियाबीच आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न माग उठेको थियो । बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गराउन तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन पूर्वमन्त्री गुप्तासँग आग्रह गरेको अडियो त्यतिबेला सार्वजनिक भएको थियो ।

Related posts

हामीसंग बहुमत छ, सरकारका लागि फेरि दाबी गर्छौं : सोनल

MadhesKhabar

४१ वर्षकाे उमेरमा तेश्राे पटक मन्त्री बनेकी ज्वाला साहलाई कृषि मन्त्रालयकाे जिम्मेवारी

MadhesKhabar

कीर्तिपुर नगरपालिकाकाे मेयरमा कांग्रेसका डंगाेल विजयी

MadhesKhabar

Leave a Comment