Madhes Khabar
शिक्षा हेडलाइन

पर्सामा आन्दोलनरत शिक्षकहरुद्वारा थप आन्दोलनका कार्यक्रम घाेषणा

फाइल फाेटाे

वीरगन्ज ,१०जेष्ठ : स्थानीय तहले गरेकाे शिक्षक सरुवाकाे विराेधमा आन्दोलनरत नेपाल शिक्षक महासंघ पर्साले बुधबार आन्दोलनका थप कार्यक्रमहरू घाेषणा गरेकाे छ ।

जिल्लाका स्थानीय तहहरुले नियम विपरित शिक्षकहरुको सरुवा, घटुवा लगायतका काम गरेको विरोधमा चरणबद्ध आन्दोलनमा रहेकाे शिक्षकहरुको संगठन नेपाल शिक्षक महासंघले बुधबारदेखि थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जेठ ७ गतेदेखि हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरु गरेका शिक्षकहरुले जेठ ८ र ९ गते वीरगन्ज महानगरपालिकाको मुल गेटमा धर्ना दिएका थिए ।

तर, स्थानीय सरकारले कुनै सुनुवाई नगरेपछि थप संघर्षका कार्यक्रम गर्नुपरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले बताए । घोषित आन्दोलनका कार्यक्रम अनुसार जेष्ठ १० गते बुधबार सामुदायिक विद्यालयमा शिक्षकहरुले छैठौं र सातौं घण्टी बहिष्कार गर्ने निर्णय गरेका छन् । त्यस्तै जेष्ठ ११ गते हाफ टिफिन पछिको सबै घण्टी बहिष्कार गर्ने, जेष्ठ १२ गते हाजिरी गरेर सबै घण्टी बहिष्कार गर्ने र जेष्ठ १३ गते नेपाल शिक्षक महासंघको कार्यालयमा बैठक बसि त्यसपछिका आन्दोलनका थप कार्यक्रमको तयारी गर्ने यादवले जानकारी गराए ।

संघीय शिक्षा ऐन, जारी नभएको अवस्थामा शिक्षा ऐन, २०२८ र नियमावली २०५९ को व्यावस्था अनुसार नियुक्त भएका शिक्षकहरुलाई स्थानीय तहरुले अधिकार क्षेत्रभन्दा बाहिर गएर नियम विपरित राजनीतिक आग्रह, पूर्वाग्रह राखेर सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरुलाई मनमौजी सरुवा गर्ने, घटुवा गर्ने र मानसिक यादना दिने समेतको काम गरेको शिक्षक महासंघको आराेप छ।

Related posts

वीरगन्ज झडप प्रकरण :पक्राउ परेकाहरुविरुद्ध ‘राज्यविरुद्धको कसुर’ र ‘आपराधिक उपद्रव’को मुद्दा दर्ता

MadhesKhabar

पूर्व वडाध्यक्ष अहिर एमालेमा दुई दिन पनि टिकेनन् , फेरि काँग्रेसमै फर्किए

MadhesKhabar

समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्न प्रधानमन्त्रीसंग मेयर सिंहको माग

MadhesKhabar

Leave a Comment