Madhes Khabar
शिक्षा

ठाकुरराम क्याम्पसमा विधार्थीहरुद्वारा तोडफोड र आगजनी

तस्वीर :सामाजिक सन्जालबाट

मधेसखबर
वीरगन्ज,३१असार : वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा विधार्थीहरुले तोडफाोड गर्दै आगजनी समेत गरेका छन् ।

परिक्षा सेन्टर वीरगन्ज बाहिरको क्याम्पसमा तोकिएको भन्दै आक्रोशीत विधार्थीहरुको समुहुले शुक्रबार साँझ क्याम्पस प्रमुखको कार्यकक्ष भित्र तोडफोड गर्दै फर्निचरहरुमा आगजनी गरेका हुन् ।प्रदर्शनमा उत्रिएका विधार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षका टेबुल ,कुर्सी , बेन्च र सोफा बाहिर निकालेर आगजनी गरेका हुन् ।

विधार्थीहरुले फर्निचरमा लगाएकाो आगो वीरगन्ज महानगरपालिकाको वारुणयन्त्र बोलाएर निभाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक बिशाल मल्लले बताए ।उनले भनने ,‘ प्रहरी पुग्दा आगो लगाउनेहरु भागि सकेका थिए , अरु ५०/६० जनाले भने परिक्षा सेन्टर अन्यत्र सारेको भन्दै क्क्याम्पस प्रमुख विरुद्ध नाराबाजजी गरिरहेका थिए ।

ठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बिएडको परिक्षा सेन्टर सर्लाहीको लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा र चार वर्षे बिएडको परिक्षा बाराको कलैया स्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिएपछि विधार्थीहरुले आक्राोश पोख्दै तोडफोड र आगजनी गरेका हुन् ।

क्याम्पस प्रमुख उमेश चौरसीयाले परिक्षा सेन्टर अन्यत्र सारिएको निहुमा क्याम्पसमा तोडफोड र आगजनीका घटना हुनु निन्दनीय भएको बताए ।परिक्षा सेन्टर क्याम्पस प्रमुखले नभइ त्रिभुवन विश्वविधालयको राष्ट्रिय परिक्षा बोर्डले तोक्ने भएकाले विधार्थीहरुले आफु पढेको शिक्षण संस्थामै क्षति पुरयाउनु दुर्भाग्य भभएको उनले बताए ।

Related posts

तलब नपाएको भन्दै वीरगन्जका निजी विद्यालयका शिक्षकले मेयर सिंहलाई गुहारे

MadhesKhabar

माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक

MadhesKhabar

बारामा कांग्रेस युवा नेता सिंहको पहलमा विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण

MadhesKhabar

Leave a Comment