Madhes Khabar
शिक्षा

बारामा कांग्रेस युवा नेता सिंहको पहलमा विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण

बारा,२८बैशाखःबाराको प्रसौनी गाउँपालिका वडा नंबर ६ बेलहियमा रहेको सरस्वती नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्कूल ब्यागका साथै शैक्षिक सामग्री वितरण गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता लोकेश सिंहको पहलमा उक्त विद्यालयमा अध्ययनरत २ सय २५ जना विद्यार्थीहरुलाई स्कूल ब्याग र शैक्षिक सामग्री वितरण गरिएको हो । सिएफआरडिको आर्थिक सहयोगमा ग्लोबल कोपरेशन डेभलपमेन्ट नामक संस्थाले ती सामग्री वितरण गरेको हो ।

प्रसौनी गाँउपालिकाका अध्यक्ष विनोद पटेलको प्रमुख आतिथ्यता तथा कांग्रेस युवा नेता सिंहको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक,शिक्षक–शिक्षिका,अभिभावक लगायतकाकोपनि उपस्थिती रहेको थियो ।

Related posts

एसईई : पर्सामा केन्द्राध्यक्षसहित ५ जना पक्राउ

MadhesKhabar

एसईईको दोस्रो दिन आज बारामा १ हजार ५२४ जना परीक्षार्थी अनुपस्थित

MadhesKhabar

गर्मी अत्याधिक बढेपछि वीरगन्ज महानगरका विद्यालयहरुमा पनि दुई दिनकाे विदा

MadhesKhabar

Leave a Comment