Madhes Khabar
शिक्षा हेडलाइन

गर्मी अत्याधिक बढेपछि वीरगन्ज महानगरका विद्यालयहरुमा पनि दुई दिनकाे विदा

वीरगन्ज,२८जेठ:तराई–मधेसमा केहिदिन यता गर्मी अत्याधिक बढेर विद्यार्थीहरु कक्षाकाेठामै बेहास हुन थालेपछि पर्साकाे वीरगन्ज महानगरपालिकाले पनि विद्यालयहरु दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिकाले जेठ २९ र ३० गते दुई दिन महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे हो ।

बुधबार वीरगन्ज महानगरपालिकाकाे शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेलले सार्वजनिक सुचना जारी गर्दै हाल अत्याधिक बढेकाे गर्मीले विद्यार्थीहरुकाे स्वास्थ्यमा परेकाे प्रतिकुल प्रभावलाई मध्यनजर गर्दै जेठ २९ र ३० गते महानगरका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन स्थगित गरिएको जनाएका छन्।

गर्मी अत्याधिक बढेर विद्यार्थीहरु कक्षाकोठामै मुर्छित हुने अवस्था आएको भन्दै यहाँका अभिभावकहरुले विद्यालयहरुमा विदा दिनुपर्ने भन्दै सामाजिक सन्जाल मार्फत आवाज उठाउँदै आइरहेका थिए ।पर्सा , बारा लगायत मध्यतराईका जिल्लाहरुमा अहिले गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४० डिग्रि सेल्सियस भन्दा बढी पुगेको छ ।

Related posts

उपेन्द्र यादवलाई जिताउन प्रधानमन्त्रीसहितका शीर्ष नेताहरु आज बारा आउदै

MadhesKhabar

खानेपानी मन्त्रीसंग वीरगन्जका जनप्रतिनिधीको गुहार : मन्त्री ज्यु पानीको संकट समाधान गरिदिनुस्

MadhesKhabar

घडिअर्वाको रामजानकी मन्दिर फेरि पूजारीको कब्जामा पर्न नदिन स्थानीयबासी एकजुट,तदर्थ समिति गठन

MadhesKhabar

Leave a Comment