
मधेसखबर
वीरगन्ज,७बैशाखः बारा २ मा जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई जिताउन पाँच दलीय गठबन्धनले आज बिहीबार शक्ति प्रदर्शनसंगै बृहत चुनावीसभा गर्र्दैछ । चुनावीसभालाई प्रधानमन्त्री सहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु सम्बोधन गर्नेछन् ।
यहि वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा बारा २ बाट प्रतिनिधीसभा सदस्यमा गठबन्धनबाट जसपाका उम्मेदवार यादवको पक्षमा थप माहोल बनाउन महागढीमाई नगरपालिकाको बरियारपुरमा गठबन्धनले आज बृहत चुनावीसभा आयोजना गर्न लागेको हो ।
बरियापुर स्थित गढीमाई मन्दिर छेउमा बिहान ११ बजेदेखि शुरु हुने बृहतचुनावीसभालाई प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एंव प्रर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र उम्मेदवार यादवले समेत सम्बोधन गर्नेछन् । चुनावीसभालाई पाँचैदलका अन्य नेता र मन्त्रीहरुले पनि सम्बोधन गर्नेछन् ।

