Madhes Khabar
स्थानिय हेडलाइन

पर्सा ४ : काँग्रेसका रिजालको अग्रता फराकिलो बन्दै

मधेसखबर
वीरगन्ज,०५ मंसिर : पर्सा क्षेत्र नम्बर ४ को जारी मतगणनाको पछिल्लो परिणाम अनुसार प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले अग्रता बढाउदै लगेका छन् ।

पोखरीया स्थित जिल्ला उच्चांगल रामदेव कलवार माविमा जारी मतगणनाको राति पौने १० बजे प्राप्त पछिल्लो परिणाम अनुसार, ६८६० मत गनिसक्दा सक्दा गठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजालले ३५३५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार जालिम मियाँले २५२९ मत प्राप्त गरेका छन् । मियाँ भन्दा रिजाल १००६ मतले अगाडि छन् । यस्तै स्वतन्त्र उम्मेदवार हेतुना मियाँ मन्सुरीले ३९७ मतका साथ तेश्रो स्थानमा छन् ।

पर्सा ४ मा कूल मतदाता ९० हजार ८ सय ५१ रहेकोमा आइतबार भएको निर्वाचनमा ६२ हजार ९२ मत खसेको थियो ।

Related posts

वीरगन्जमा भइरहेका विकास निर्माणका काममा सांसद यादवको चासाे

MadhesKhabar

सिम्राैनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

मेयर सिंहको आह्वान : सबै मिलेर ग्रेटर वीरगन्जको अवधारणा साकार पारौं

MadhesKhabar

Leave a Comment