Madhes Khabar
स्थानिय हेडलाइन

पर्साको भलुवहीयाँमा भीषण आगलागी : ५ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप

वीरगन्ज,८बैशाखःपर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर १ भलुवहीयाँमा शनिबार दिउँसो भएको आगलागीबाट कुखुरा पाल्ने पोल्टी फार्मसहित पाँच वटा घर र एउटा पोल्ट्री फार्म जलेर नष्ट भएको छ । आगलागीबाट १० बिघा भन्दा बढीको गहुँबालीपनि जलेर सखाप भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनविक्रम केसीका अनुसार, भलुवहीयाँ गाँउसंग जोडिएको सीमावर्ती भारतीय गाँउ बसन्तपुरको खेतमा गहुँ काटेर बाँकी रहेको खुटी (ठेट्ना)जलाउन एक किसानले आगो लगाएको र त्यहि बेला चलेको हावाहुरीले आगोको लप्का भलुवहीयाँ गाँउको गहुँखेतमा सल्किएर त्यसैबाट आगलागी भएको हो ।

आगलागीबाट भलुवहीयाँ गाँउमा पाँच वटा फुसको घर,एउटा पोल्ट्री फर्म, त्यसमा रहेका ब्रोइलर कुखुराका चल्लाका साथै १० बिघाभन्दा बढी गँहुबाली र १०÷१२ वटा परालको कुन्युपनि जलेर नष्ट भएको प्रहरी निरीक्षक केसीले बताए ।आगलागीबाट भलुवहीयाँ गाँउका किसुनदेव पासवान,मुकेश पासवान,रूपा पासवान, सन्तोष पासवान र लखन पासवानको घर तथा मनमोद प्रसाद यादवको कुखुरा फार्म जलेर नष्ट भएको हो ।

आगलागीबाट घर र त्यसमा रहेका सबै सामानहरु पूर्णरुपमा जलेर नष्ट भएका कारण ती घरका परिवारहरु बिचल्लीमा परेको घटनास्थलमा पुगेका सञ्चारकर्मी शैलेश गुप्ताले जानकारी दिए ।

भलुवहीयाँ गाँउमा लागेको आगलागी वीरगन्ज महानगरपालिका र पोखरीया नगरपालिकाबाट गएका दुई वटा दमकलको मदतमा स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मिलेर निभाएको उनले बताए ।आगलागीबाट भएको क्षतिको विवरण अहिले यकिन भइनसकेको भन्दै प्रहरी निरीक्षक केसीले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए ।

Related posts

भारतबाट तस्करी गरी ल्याइएको एक ट्याक्टर गहुँ तिलावे पुलबाट बरामद

MadhesKhabar

भारतबाट तस्करी गरि ल्याइएको २४ लाखको दुई ट्याक्टर गँहु पर्साको लखनपुरबाट पक्राउ

MadhesKhabar

सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन महानगर र उद्योग वाणिज्य संघ संयुक्तरूपमा लाग्ने

MadhesKhabar

Leave a Comment