
बारा,२० चैत : बिहीबारदेखि देशभर सुरु माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन आज (शुक्रबार) बारामा १ हजार ५२४ जना परीक्षार्थी अनुपस्थित भएका छन्।
एसईईको दोस्रो दिन आज अनिवार्य नेपाली विषयको परीक्षा सम्पन्न भएकोमा बारा जिल्लाका विभिन्न परीक्षा केन्द्रहरुमा गरी १ हजार ५२४ जना परीक्षार्थी परीक्षा दिन नआएको शिक्षा विकास तथा समन्वय इकाई बाराका निमित्त प्रमुख अशोक कुमार रौनियारले जानकारी दिए ।
उनका अनुसार आज दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षामा साधारणतर्फ नियमितका ६८ जना, साधारणतर्फ ग्रेडवृद्धिका १ हजार ४०० जना, प्राविधिकतर्फ नियमितका ४ जना र प्राविधिकतर्फ ग्रेडवृद्धिका ५२ जना गरी कुल १ हजार ५ सय २४ जना परीक्षार्थी अनुपस्थित रहेका हुन्।
बारामा आज दोस्रो दिनको परीक्षामा १०२ सामुदायिक र ५३ संस्थागत विद्यालयका गरी कुल १० हजार ८ सय १३ परीक्षार्थीमध्ये ९ हजार २९० जना मात्र परीक्षामा सहभागी भएको रौननियारले जानकारी दिए ।

