Madhes Khabar
शिक्षा हेडलाइन

पटेर्वा सुगौली गाँउपालिकाका विधालयहरु एक हप्ता बन्द हुने

प्रमोद यादव
पर्सा ,११ भदौं : पर्साको पटेर्वासुगौली गाँउपालिकाका सामुदायिक विधालयहरु आइतबार देखि एक हप्ता बन्द हुने भएका छन् ।आन्दोलनरत विधालय कर्मचारीहरुले भदौ १२ आइतबार देखि भदौ १८ गते सम्म सम्पूर्ण विधालयहरु बन्द गरिने जनाएका हुन् ।

सामुदायिक विधालयमा कार्यरत विधालय कर्मचारीहरु तलब भत्ता बृद्धि लगायत अन्य सेसवा सुविधाका लागि पटक पटक माग गर्दा पनि सरकारले आफुहरुको मागका बारे सुननुवाइ नगरेको भन्दै नेपाल विधालय कर्मचारी परिसद राष्ट्रिय समितिले देशको सबै सामुदायिक विधालय भदौ १२ गते देखी १८ गते सम्म बन्द गर्ने निर्णय गरेको छ ।

त्यहि निर्णय अनुसार पटेर्वा सुगौली गाँउपालिकाका विधालयहरु पनि आइतबार देखि एक हप्ता बन्द गरिने पटेर्वासुगौली गाउँपालिका विधालय कर्मचारी परिषदका संयोजक केसराज दास थारुले बताए ।यसबारे गाउँपालिका कार्यालयलाई जानकारी गराईसकेको पनि उनले बताए ।

यसैबिच विधालय कर्मचारीहरुको माग र आन्दोलन प्रति नेपाल राहत शिक्षक जिल्ला संघर्ष समिति , नेपाल शिक्षक संघ , नेपाल शिक्षक संगठन लगायतका शिक्षक संघसंगठनहरुले पनि एक्यबद्धता जनाएका छन् ।

Related posts

पर्सा १ मा दोश्रो पटक जितेर पूर्वमन्त्री प्रदीप यादवले रचे नयाँ इतिहास

MadhesKhabar

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते

MadhesKhabar

पाेखरिया अस्पतालाई ५० शैयामा स्तराेन्नत्ती गर्दै प्रादेशिक अस्पताल बनाउने सरकारकाे निर्णय

MadhesKhabar

Leave a Comment