Madhes Khabar
शिक्षा

नेशनल मेडिकल कलेजमा विद्यार्थी–शिक्षकको सहभागितामा “च्यारिटेबल फेस्ट” सम्पन्न

वीरगन्ज,७असोजःवीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा “परोपकारी सांंस्कृतिक कार्यक्रम र पुरस्कार वितरण समारोह” सम्पन्न भएको छ।चिकित्सा शिक्षासंगै समाजसेवा, सिर्जनात्मकता र नेतृत्वदायी क्षमतालाई प्रोत्साहन गर्ने उदेश्यले मेडिकल कलेजमा विधार्थी र शिक्षकहरुको सहभागितामा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुको नृत्य, भाषण, विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुति, च्यारिटेबल सोसाइटी तथा नेपाल हेल्थ कोप्र्सको वार्षिक प्रतिवेदन प्रस्तुतका साथै पुरस्कार वितरण तथा चेक हस्तान्तरण गतिविधिहरू गरिएको थियो ।

कलेजका प्राचार्य प्राध्यापक डाक्टर केएन सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि कलेजका अध्यक्ष प्राध्यापक.डा.जैनुदिन अन्सारी र विशिष्ठ अतिथि कलेजकी प्रबन्ध निर्देशक शहनवाज अन्सारी रहेका थिए। कार्यक्रममा कलेजका शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यास्मिन, अस्पताल निर्देशक डा.इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिंग निर्देशक आबिद हुसेन अन्सारी, नेशनल मेडिकल कलेज च्यारिटेबल सोसाइटीका अध्यक्ष डा. रबीशंकर गुप्ताका साथै विद्यार्थीहरुको सहभागिता थियो ।

नेशनल मेडिकल कलेजको चेरीटेबल सोसाइटीले विगतदेखि नै निःशुल्क स्वास्थ्य परीक्षण शिविर, बृक्षारोपण, रक्तदान, कपडा वितरण, जनचेतनामुलक कार्यक्रम, खेलकुद र सांस्कृतिक गतिविधि, तथा विभिन्न सामाजिक सेवामूलक कार्य गर्दै आएको छ ।

 

Related posts

पटेर्वा सुगौली गाउँपालिकाका शिक्षकहरुलाई सुचना प्रविधी सम्बन्धि ५ दिने् तालिम

MadhesKhabar

नयाँ शैक्षिकसत्रको विद्यार्थी भर्ना अभियान वैशाख २ गतेबाट

MadhesKhabar

ठोरीका अनाथ र विपन्न परिवारका विद्यार्थीहरुलाई पोशाक र शैक्षिक सामग्री वितरण

MadhesKhabar

Leave a Comment