Madhes Khabar
शिक्षा

त्रिवि प्रजातान्त्रवादी कर्मचारी संघकाे मधेस प्रदेश अध्यक्षमा गुञ्जन सिंह चयन

वीरगन्ज ,१३साउन: त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्रजातन्त्रवादी कर्मचारी संघ मधेस प्रदेशको अध्यक्षमा गुञ्जन सिंह चयन भएका छन् ।

शनिबार जनकपुरमा सम्पन्न त्रिवि प्रजातान्त्रवादी कर्मचारी संघ मधेस प्रदेशको प्रथम अधिवेशनले अध्यक्षमा ठाकुरराम बहुमुखी क्याम्पसका लेखा प्रमुख सिंहलाई सर्वसम्मत चयन गरेकाे हाे ।

संघकाे मधेस प्रदेश सदस्यमा ठाकुरराम बहुमुखी क्याम्पसका जय प्रकाश प्रसाद साह , नर्सिंग क्याम्पसकी कमला शाह ठाकुरी , रा.रा.ब क्याम्पस जनकपुर क्याम्पसका कमलेश पाण्डेय, पवन कुमार यादव र रामलखन साह, सिरहा क्याम्पसका मनोज कुमार यादव र रामबचन ठाकुर र राजविराज क्याम्पसका प्रवीण कुमार झापनि सर्वसम्मत चयन भएका छन् ।

बन्दसत्र अघि गुञ्जन कुमार सिंहकै अध्यक्षता तथा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको प्रमुख अतिथ्यतामा भएकाे अधिवेशनकाे उद्घाटन समाराेहलाई त्रिवि कर्मचारी संघका केन्द्रीय अध्यक्ष भीमलाल भक्त, पूर्व अध्यक्ष पुण्य आचार्य ,महासचीव हरि प्रसाद दहाल, कोषाध्यक्ष अर्जुन केसी, रा.रा.ब क्याम्पसमा स्ववियु सभापती मनिष यादव , क्याम्पस प्रमुख प्रदीप कुमार प्रसाद लगायतले सम्बाेधन गर्दै अधिवेशनकाे सफलताकाे शुभकामना दिएका थिए ।

Related posts

वीरगंजका सबै विधालयहरु तीन दिनका लागि बन्द गर्ने निर्णय

MadhesKhabar

पर्साको भतौडाको विद्यालयमा बालबालिकाहरुलाई प्रहरीले दिए प्रशिक्षण

MadhesKhabar

एनआई कलेजलाई हरिखेतानको चुनौती : सिसिटिभीको निगरानीमा परीक्षा लिन सक्ने हिम्मत छ ?

MadhesKhabar

Leave a Comment