प्रमोद यादव
पर्सा,५मंसिरःपर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ भतौडामा अवस्थित बनदेवी आधारभूत विद्यालय भतौडामा अध्ययनरत बालबालिकाहरुलाई बाल अधिकार,बालहिंसा, यौन दुव्र्यवहार,दुव्र्यसन लगायतका विषयमा जानकारी गराइएको छ ।
विश्व बाल दिवसको उपलक्ष्यमा बुधबार विद्यालयमै आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढा थापा र प्रहरी सहायक निरीक्षक नितेस राउतले बालबालिकाहरुलाई बालबालिकाका अधिकार, उनीहरू माथि हुने हिंसा,बालबालिकामाथि बाल यौन दुव्र्यवहार र त्यसका कानूनी सजायका साथै लागू औषध दुव्र्यसनबाट हुने हानी लगायतका बारेमा जानकारी गराएका हुन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू,बालबालिकाका अभिभावक,शिक्षक, कर्मचारी लगायतकोपनि सहभागितापनि रहेको विद्यालयका प्रधानाध्यापक सुभास प्रसाद दासले जानकारी दिए ।

