Madhes Khabar
शिक्षा हेडलाइन

पन्नालालमा छात्रवृति बाड्दै वडाध्यक्ष कानुले भने : पढाईमा सुधार नल्याए शिक्षकलाई कारबाही हुन्छ

वीरगन्ज,२४असारःवीरगन्ज महानगरपालिका वडा नम्बर १० मा रहेको रामचरण साह पन्नालााल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ ।

सोमबार विद्यालय परिसरमै आयोजित कार्यक्रममा कक्षा १ देखि ८ सम्ममा अध्ययनरत दलित समुदायका छात्रछात्रा र गैरदलित समुदायका छात्रा गरी ३ सय विद्यार्थीहरुलाई जनही ४ सय रुपैयाँको दरले छात्रवृति वितरण गरिएको हो।कार्यक्रममा वडाध्यक्ष सुशील कुमार कानुले विद्यार्थीहरुलाई छात्रवृतिको रकम प्रदान गरे ।

कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष कानुले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयको नतिजा निक्कै निराशाजनक आएकाले पठनपाठनमा सुधार ल्याउन शिक्षक–शिक्षिकाहरुलाई निर्देशन दिए । शिक्षामा कुनै सम्झौता नहुने भन्दै उनले पठनपाठनमा सुधार नल्याए कारबाही भोग्नका लागि तयार रहन चेतावनीसमेत उनले दिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोज चौहान,समाजसेवी प्रमानन्द साह कानु विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सन्तोष साह कानु,नरेश सर्राफ, पुनम पाण्डे, रेखादेवी जैशी,किशोरी कलवार,वडा सदस्य प्रभु महतो,अभिभावक, शिक्षक,शिक्षिका लगायतकोपनि सहभागीता थियो ।

Related posts

जनप्रतिनिधिको सुशासन प्रभाव : वीरगन्ज महानगरमा वर्षेनी घट्दै बेरुजु रकम

MadhesKhabar

जसपा एमाले गठबन्धन : पर्सा १ र २ जसपालाई , ३ र ४ एमालेलाई

MadhesKhabar

वीरगन्जमा हैजा महामारीको अपडेट : ३६ जनामा संक्रमण पुष्टि,अस्पतालमा बिरामी थपिने क्रम जारी

MadhesKhabar

Leave a Comment