Madhes Khabar
शिक्षा हेडलाइन

पन्नालालमा छात्रवृति बाड्दै वडाध्यक्ष कानुले भने : पढाईमा सुधार नल्याए शिक्षकलाई कारबाही हुन्छ

वीरगन्ज,२४असारःवीरगन्ज महानगरपालिका वडा नम्बर १० मा रहेको रामचरण साह पन्नालााल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ ।

सोमबार विद्यालय परिसरमै आयोजित कार्यक्रममा कक्षा १ देखि ८ सम्ममा अध्ययनरत दलित समुदायका छात्रछात्रा र गैरदलित समुदायका छात्रा गरी ३ सय विद्यार्थीहरुलाई जनही ४ सय रुपैयाँको दरले छात्रवृति वितरण गरिएको हो।कार्यक्रममा वडाध्यक्ष सुशील कुमार कानुले विद्यार्थीहरुलाई छात्रवृतिको रकम प्रदान गरे ।

कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष कानुले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यालयको नतिजा निक्कै निराशाजनक आएकाले पठनपाठनमा सुधार ल्याउन शिक्षक–शिक्षिकाहरुलाई निर्देशन दिए । शिक्षामा कुनै सम्झौता नहुने भन्दै उनले पठनपाठनमा सुधार नल्याए कारबाही भोग्नका लागि तयार रहन चेतावनीसमेत उनले दिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मनोज चौहान,समाजसेवी प्रमानन्द साह कानु विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सन्तोष साह कानु,नरेश सर्राफ, पुनम पाण्डे, रेखादेवी जैशी,किशोरी कलवार,वडा सदस्य प्रभु महतो,अभिभावक, शिक्षक,शिक्षिका लगायतकोपनि सहभागीता थियो ।

Related posts

पर्साको गादीमा सुविधासम्पन्न प्रसूती केन्द्र सञ्चालन, अध्यक्ष चौधरीले गरे समुद्घाटन

MadhesKhabar

वीरगन्जलाइ सधैं हेपियो तर अब एमाले सरकार बनेपछि त्यस्तो हुदैन

MadhesKhabar

कक्षा १२ को परीक्षा वैशाख ११ देखि

MadhesKhabar

Leave a Comment