Madhes Khabar
शिक्षा हेडलाइन

बिन्दवासिनी , छिपहरमाई र पकाहामैनपुर गाँउपालिकाका विद्यालयहरुमा पनि गर्मी विदा घाेषणा

वीरगन्ज ,१८जेष्ठ : बढ्दाे गर्मीका कारण जाजिवन नै कष्टकर हुन थालेपछि पर्साका विभिन्न पालिकाले विद्यालयहरुमा गर्मी विदा दिन थालेका छन् ।

बिन्दवासिनी , छिपहरमाई र पकाहा मैनपुर गाँउपालिकाले पनि पालिकामा रहेका विद्यालयहरुमा गर्मीकाे विदा दिएका छन् ।

बिन्दवासिनी गाँउपालिकाले बिहीबार एक सुचना जारी गर्दै जेष्ठ १९ शुक्रबारदेखि जेष्ठ २२ गते साेमबारसम्म ४ दिनका लागि पालिकामा रहेका सम्पूर्ण विद्यालयहरु बन्द गरिने जनाएको छ ।

यस्तै छिपहरमाई गाँउपालिकाले जेष्ठ २१ आईतबारदेखि जेष्ठ २६ गतेसम्म ६ दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओेझाले जानकारी दिएका छन् ।

यसैगरि पकाहा मैनपुर गाउँपालिकाले पनि जेष्ठ २१ गते आइतबारदेखि जेष्ठ २६ गतेसम्म ६ दिनका लागि सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेकाे निमित्त प्रमुख प्रशासकीय अधिकृत सुशांधु शेखर प्रसादले जानकारी दिएका छन् ।

गर्मीकै कारण यसअघि वीरगन्ज महानगरपालिकाले जेष्ठ १९ देखि जेष्ठ २६ गतेसम्म र पटेर्वासुगाैली गाँउपालिकाले जेष्ठ १९ देखि जेष्ठ २८ गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरिसकेका छन् ।

Related posts

सरकार परिवर्तनसँगै नारायणी अस्पतालमा सेवा पनि परिवर्तन

MadhesKhabar

मधेसका पढेलेखेका दलित युवाहरुको वेदना : जागीर खोज्दा पाइदैन,पुख्यौली पेशापनि संकटमा पर्दैछ

MadhesKhabar

नारायणी अस्पतालमा ५०० बेडकाे भवन निर्माणका लागि माग गर्दै वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

Leave a Comment