Madhes Khabar
शिक्षा

वीरगन्जका सरकारी विद्यालयमा दिवा खाजामा १ करोड ३९ लाख अनियमितता

मधेसखबर
वीरगन्ज,३०असार : वीरगन्ज महानगरका सामुदायिक विधालयमा पनि विद्यार्थीलाई दिइने दिवा खाजाको बजेटमा  अनियमितता भएको भेटिएको छ ।

शिक्षक, स्थानीय तह र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले दिवा खाजाका लागि प्रति विद्यार्थी सरकारले दैनिक उपलब्ध गराउने १५ रुपैयाँमा पनि लोभ गरेका छन्  । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा दिवा खाजा कार्यक्रममा मनोमानी र अनियमितता भएको उल्लेख छ ।

प्रतिवेदन अनुसार देशभरका १ सय ९२ स्थानीय तहले विद्यालय बन्द रहेको अवस्थामा पनि दिवा खाजा कार्यक्रमको ५८ करोड ९७ लाख ९४ हजार खर्च गरेका छन् । यता वीरगन्ज महानगरपालिकाले पनि विद्यार्थी संख्या र हाजिरीको प्रमाणित अभिलेख बिना नै ८७ वटा सामुदायिक विद्यालयलाई १ करोड ३८ लाख ९८ हजार निकासा गरेको छ । महालेखाले उक्त रकम बैंकमा रोक्का रहेको अवस्थामा रहेकाले बढी रकम फिर्ता लिन महानगरपालिकालाइ भनेको छ ।

 

दिवा खाजा कार्यक्रम कार्यान्वयन पुस्तिकामा विद्यार्थी हाजिरीका आधारमा रकम खर्च गर्न पाउने व्यवस्था छ । कोभिड महामारीलगायत विविध कारण विद्यालय बन्द भएको दिनको रकमसमेत भुक्तानी गरेर मनमौजी हुने गरेको हो । गत वर्ष पनि स्थानीय तहले विद्यालय बिदा रहेको दिनमा पनि दिवा खाजाको रकम खर्च भएको महालेखाले औंल्याएको थियो ।

 

वार्षिक १ सय ८० दिनका लागि संघीय सरकारले अनुदानका रूपमा प्रतिविद्यार्थी १५ रुपैयाँको दरले बजेट स्थानीय तहमा पठाउँछ । महालेखाले विद्यार्थी हाजिर प्रमाणित अभिलेख झिकाई उक्त खर्चको यथार्थ यकिन गर्नुपर्ने समेत औंल्याएको छ । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट प्रमाणित विद्यार्थीको दैनिक हाजिरी पुस्तिकाको संख्या यकिन गरी भुक्तानी दिनुपर्ने व्यवस्था निर्देशिकामा छ ।

Related posts

पर्साको डोकैला बहुअरीमा नवनिर्मित आठ कोठे विद्यालय भवनको सर्राफले गरे उद्घाटन

MadhesKhabar

पर्साको पकहाँमैनपुरको विद्यालयमा शिक्षा शाखा प्रमुखको छड्के अनुगमन :मोबाइल जफत गर्न निर्देशन

MadhesKhabar

मधेसका सरकारी विद्यालयकाे खुल्याे पाेल : छात्रवृत्ति र खाजाकाे रकम कुम्ल्याउन निजी स्कूलका विद्यार्थी भर्ना

MadhesKhabar

Leave a Comment