Madhes Khabar
शिक्षा हेडलाइन

पर्साको डोकैला बहुअरीमा नवनिर्मित आठ कोठे विद्यालय भवनको सर्राफले गरे उद्घाटन

वीरगन्ज,२९साउन : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा नवनिर्मित ८ कोठे भवनको सोमबार उद्घाटन गरिएको छ ।जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन (अजय) साह सर्राफले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । त्यसअवसरमा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह तेलीकोपनि उपस्थिती थियो ।

गत आर्थिक वर्ष २०७९/८०मा जिल्ला समन्वय समिति पर्साले उपलब्ध गराएको ५५ लाख र बहुदरमाई नगरपालिकाकाको ४८ लाख गरी कुल १ एक करोड ३ लाख रुपैयाँको लागतमा निर्मित ८ कोठे भवनको सोमबार उद्घाटन गरिएको बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफाले जानकारी दिए।

उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्साका प्रमुख सोनारले विद्यालयमा शैक्षिक गुणस्तरमा अझ सुधार ल्याउन आग्रह गर्दै विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि उक्त विद्यालयलाई चालु आर्थिक वर्षमा थप १ करोड रुपैयाँ बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक, शिक्षक,जग्गा दाता,विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लगायतलाई विगतका दिनमा विद्यालयमा योगदान गरेबापत दोशल्ला ओढाएर कदरपत्र प्रदान गरि सम्मनित पनि गरिएको विद्यालयका प्रधानाध्यापक अजय यादवले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन कुर्मी , मेयर तेली , विद्यालयका पूर्व प्रधानाध्यापक नागेन्द्र ठाकुर लगायतको पनि उपस्थिती थियो ।

Related posts

मेनराेडकाे २५/२५ मिटर ताेड्नुपर्ने क्षेत्रकाे सीमांकन गर्न नापी कार्यालय वीरगन्जलाई पत्रचार

MadhesKhabar

पर्सामा एमाले अध्यक्षका लागि ३ नेता आकांक्षी : शर्मा, थारु र पटेलमध्ये कस्ले मार्ला बाजी ?

MadhesKhabar

सरकारले तत्काल धान खरिदकाे प्रक्रिया नथाले आन्दोलन गर्ने किसानहरुकाे चेतावनी

MadhesKhabar

Leave a Comment