Madhes Khabar
स्थानिय हेडलाइन

सखुवाप्रसौनीको जमुनियामा आगलागीबाट दुई घर जलेर नष्ट, १५ वटा चौपायापनि मरे

वीरगन्ज,१८बैशाखःपर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ जमुनिया टोलमा सोमबार मध्यरातमा आगलागी हुदाँ दुई वटा घरगोठ जलेर नष्ट भएको छ ।

आगलागीबाट स्थानीयय रौफ मियाँ धुनिया र मनिफ मियाँको घरगोठ जलेर नष्ट भएको हाृ ।रौफ मियाँ धुनियाको घरमा राति लामखुट्टे धपाउन बालिएको घुरबाट आगो सल्किएर आगलागी हुदाँ छिमेकका मनिफकोपनि घर जलेर नष्ट भएको हो ।

आगलागीबाट जलेर मनिफको ९ वटा खसीबाख्रा, एउटा मोटरसाइकल तथा रौफको भैंसी २ वटा , बाख्रा २ वटा, खसी २ वटा ,नगद १० हजार रुपैयाँ, मोबाईल २ थान, साइकल २ थानका साथै लत्ताकपडा,भाडावर्तन सबै जलेर नस्ट भएको वडाध्यक्ष चिरञ्जीवी महतो थारुले जनकारी दिए ।

आगलाागी पिडित दुवै परिवारलाई मंगलबार वडाध्यक्ष थारुले चामल,दाल,तेल,नुन लगायतका खाद्यान्न सहयोग गरेको स्थानीय सञ्चारकर्मी रामकिशोर महत्तो थारुले जानकारी दिए ।

Related posts

कश्मीरमा बन्धक बनाइएका मधेसका ३५ मजदुरको उद्धार

MadhesKhabar

बारा २ मा मंसिरको भन्दा बढि मतदान , गठबन्धनले सत्ताको दुरुपयोग गरेको आरोप

MadhesKhabar

पर्सा : मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

MadhesKhabar

Leave a Comment