Madhes Khabar
स्थानिय

पर्सा : मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

वीरगन्ज,२१असोजःपर्साको पोखरिया लंगडी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा पर्साको धोबिनी गाँउपालिका वडा नम्बर २ भीखमपुरका अन्दाजी ४३ वर्षीय दिनेश पटेल कुर्मी रहेका छन् ।

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ३ बसतपुरमा सोमबार राति १०ः३० बजेतिर मधेस प्रदेश ०२८ प ३७०१ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रीत भई दुर्घटनामा पर्दा त्यसका चालक कुर्मी गम्भीर घाइते भएका थिए । उनको बाराको नौतनस्थित एलएस न्यूरो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

सोमबारराति साथीको मोटरसाइकल मागेर कुर्मी पेटोल लिन पोखरिया बजार आउने क्रममा दुर्घटनामा परेको उनका परिवारजनले जनाएका छन् ।

Related posts

पटेर्वा सुगाैली गाँउपालिकाकाे आगामी आर्थिक वर्षकाे बजेट सर्वसम्मतिले पारित

MadhesKhabar

वीरगन्जकाे नयाँ बसपार्कबाट बेवारिसे गाडीहरु हटाइँदै, पार्किङमा पनि कडाई

MadhesKhabar

वीरगन्जको रानीघाट पुलबाट सरिसवा नदीमा एक बालिकाले हाम फालिन् , खाेजी कार्य जारी

MadhesKhabar

Leave a Comment