Madhes Khabar
स्थानिय

पर्सा : मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

वीरगन्ज,२१असोजःपर्साको पोखरिया लंगडी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा पर्साको धोबिनी गाँउपालिका वडा नम्बर २ भीखमपुरका अन्दाजी ४३ वर्षीय दिनेश पटेल कुर्मी रहेका छन् ।

पर्साको पोखरिया नगरपालिका वडा नम्बर ३ बसतपुरमा सोमबार राति १०ः३० बजेतिर मधेस प्रदेश ०२८ प ३७०१ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रीत भई दुर्घटनामा पर्दा त्यसका चालक कुर्मी गम्भीर घाइते भएका थिए । उनको बाराको नौतनस्थित एलएस न्यूरो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

सोमबारराति साथीको मोटरसाइकल मागेर कुर्मी पेटोल लिन पोखरिया बजार आउने क्रममा दुर्घटनामा परेको उनका परिवारजनले जनाएका छन् ।

Related posts

पर्सा १ र २ काे मतगणना बिहान १० बजे देखि शुरु गर्ने निर्णय

MadhesKhabar

वीरगन्जका स्कुल, कलेज र मठमन्दिरका भवनमा मदिरा र सुर्तीजन्य पदार्थ बेच्न नपाइने

MadhesKhabar

बारामा श्रीमान्‌ले गरे श्रीमतीको हत्या, दुई छाेरीपनि घाइते

MadhesKhabar

Leave a Comment