Madhes Khabar
स्थानिय

बारामा श्रीमान्‌ले गरे श्रीमतीको हत्या, दुई छाेरीपनि घाइते

सांकेतिक फोटो ।

बारा,२५भदाैं:बाराको निजगढ नगरपालिका ९ भमरा टोलमा मंगलबार राति श्रीमान्‌ले श्रीमतिको हत्या गरेका छन् ।साथै दुई छाेरीलाईसमेत घाइते बनाएका छन्। शौच गर्न बसेकी ४० वर्षीया लक्ष्मी राईलाई उनका श्रीमान् ४५ वर्षीय बिमल बस्नेतले घाँटीमा खुर्पा प्रहार गर्दा लक्ष्मीकाे घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए ।

बिमलको खुर्पा प्रहारबाट उनकी दुई छोरी १७ वर्षीया गंगा र १५ वर्षीया जमुनासमेत घाइते भएका छन् ।

आमालाई बचाउने क्रममा उनीहरूको हातमा घाउ लागेको हाे । उनीहरूलाई उपचारका लागि वीरगन्जको मेडिसिटी बयोधा अस्पतालमा लगिएको प्रहरी निरीक्षक कुशवाहाले बताए बिमललाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । श्रीमान् र श्रीमतीबीच झगडा पर्दा मदिराको नशाको झोंकमा बिमलले खुर्पा प्रहार गरी लक्ष्मीकाे हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । लक्ष्मीकाे शव पाेष्टमार्टमका लागि कलैयास्थित प्रादेशिक अस्पताल ल्याइएकाे छ ।

दुई छोरीकी आमा लक्ष्मीले बिमल बस्नेतसंग ६/७ वर्षअघि दोस्रो विहे गरेकी थिइन् । दुई छोरी भने पहिलाकै श्रीमान्‌बाट जन्मेका हुन् ।

Related posts

पर्साकाे शान्ति सुरक्षा र अमनचयनमा प्रहरीले कुनै समझाैता गर्दैन : एसपी ढुंगेल

MadhesKhabar

वीरगन्जको इदगाह चोकबाट हुण्डीको १४ लाख बढी रकमसहित २ जना पक्राउ

MadhesKhabar

वीरगन्जमा नवनिर्मित सडककाे सांसद यादव र मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment