Madhes Khabar
स्थानिय

वीरगन्जमा नवनिर्मित सडककाे सांसद यादव र मेयर सिंहले गरे उद्घाटन

वीरगन्ज,१९ माघ:वीरगन्ज महानगरपालिकाकाे वडा नम्बर ३१मा पर्ने साेलखपुर र भेडियारी नवनिर्मित ढलान सडककाे शुक्रबार उद्घाटन गरिएको छ।पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगन्ज महाागरपालिका मेयर राजेशमान सिंहले संयुक्तरूपमा दुवै सडककाे उद्घाटन गरेका हुन्।

सांसद यादवकै पहलमा तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत भेडियारीमा ५० लाख रुपैयाँको लागतमा पाँच सय मिटर ढलान सडक र नाला निर्माण गरिएको हाे।यस्तै साेलखपुरमापनि प्रदेश सरकारकाे सशर्त अनुदान र वीरगन्ज महानगरपालिकाकाे सहयाेगमा ९० लाख रुपैयाँको लागतमा सात सय मिटर ढलान सडककाे निर्माण गरिएको हाे।

ती दुवै सडक खण्डमा विगतमा जहिले हिलो र पानी जम्ने समस्या रहँदै आएको जनगुनासाेपछि पूर्वमन्त्री समेत रहेका यादवकाे पहल र वीरगन्ज महानगरकाे सहयाेगमा ढलान सडक निर्माण गरिएको हाे ।

खासगरी वर्षाको समयमा भेडाहा खोलामा बाढी आउँदा उक्त सडकमा लामो समयसम्म पानी जमेर बाटो हिलाम्मे हुने गरेको थियो।स्थानीयबासीलाई सामान्य हिँडडुल गर्न समेत गाह्रो हुदै आएको थियो ।

सांसद यादवले भेडियारी र साेलखपुरबासीका समस्यालाई सम्बोधन गर्दै आफ्नो पहलबाट सडक ढलान गरिएको बताए । गाउँको वर्षौदेखिको समस्या समाधान हुने भएपछि स्थानीयले हौँसिएर निर्माण कार्यमा सहयोगपनि गरेकाे उनले बताए ।

वीरगन्ज महानगर भएसंगै ग्रामिण भेगलाई मुख्य बाजारसम्म सडक संजाल मार्फत जोडने आफ्नो अभियान निरन्तर रहेको उनले बताए।जसबाट ग्रामीण भेगका वडाका जनता प्रत्यक्ष लभान्वित भईरहेकाे उनले बताए ।

सडक उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जलाई बैभव वीरगन्ज बनाउने अभियान र महानगरबासीकाे सेवा नै आफ्नाे पहिलाे प्राथमिकता रहेकाे बताए ।उनले आँफुले थालेकाे बैभव वीरगन्ज अभियानलाई महानगरबासीले दिईरहेकाे साथ र सहयाेगले आँफु थप उत्साहित बनेकाेपनि बताए ।

यसअघि सांसद यादवले वीरगन्ज ३० लालपर्साको परसोतीपुरमापनि ४० लाख रुपैयाँको लागतमा नमुना सडक निर्माण गराएका थिए ।

Related posts

मेयर सिंहले भने : महानगरपालिकामा लापरवाही गर्ने छुट कसैलाई छैन

MadhesKhabar

वीरगन्जमा आजपनि बिहानैदेखि प्रदर्शन,सिडिओ कार्यालयमा हिन्दुवादीहरुसंग छलफल जारी

MadhesKhabar

मेयर सिंह भन्छन् : वैभव वीरगन्ज बनाउने अभियान कुनैपनि हालतमा रोकिदैन

MadhesKhabar

Leave a Comment