वीरगन्ज,१८ चैत्र: प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग प्रदेशका विभिन्न विकास मुद्दा तथा अन्य महत्वपूर्ण विषयमा छलफल गरिरहेका छन् ।
सो छलफलमा पर्सा जिल्लाका मुद्दाहरूमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याइएका छन्।
पर्साका युवा नेता महादेब प्रसाद कुर्मीले पर्साका चारवटै सांसद र मधेस प्रदेशका सबै सांसदहरूलाई हार्दिक अनुरोध गर्दै केही प्रमुख बुँदा छलफलमा राख्न सुझाएका छन्।
उनले वीरगन्ज औद्योगिक क्षेत्रका लागि विशेष प्याकेज घोषणा गर्नुपर्ने , पर्साका सबै स्थानीय तहमा भइरहेको भ्रष्टाचारको अनुसन्धान गर्नुपर्ने , अनाधिकृत भ्रष्टाचार गर्ने कर्मचारीको सरुवा तथा कारबाही गर्नुपर्ने ,नरायणी र पोखरिया अस्पतालको स्तर उन्नति र जनमुखी सेवा प्रबाह ,नरायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालाको रूपमा उन्नतिको काम, पर्सामा शैक्षिक स्तर सुधार कार्यक्रम संचालन गर्नुपर्ने सुझाव दिएका छन् ।
त्यस्तै मधेसका किसान समस्याको समाधान गर्नुपर्ने , सिर्सिया नदीको प्रदूषणमुक्त र अतिक्रमणमुक्त गर्न धार्मिक नदीको रूपमा घोषणा गर्नुपर्ने, वीरगन्ज चिनी कारखानाको समस्या समाधान गर्नुपर्ने,पर्साका सरकारी कार्यालयमा सेवा प्रबाह सुधार गर्नुपर्ने ,वीरगन्जमा स्वच्छ खानेपानीको दीगो व्यवस्था, सुख्खायाममा मधेस क्षेत्रलाई विशेष प्याकेजसहित घोषित गर्ने, खुला बॉर्डरबाट भइरहेको तस्करी रोकथाम गर्नुपर्ने ,लागू औषधि दुर्ब्यसनी रोक्ने कार्यक्रम गर्नुपर्ने सुझाएका छन् ।
महिला हिंसा रोक्ने कठोर कानुन र कार्यक्रम, प्रहरी प्रशासनलाई जनता मैत्री बनाउने गर्नुपर्ने ,स्वास्थ्य क्षेत्रको विस्तार, सरकारी कर्मचारी र सेवाग्राहीलाई जवाफदेही बनाउनु पर्ने , बन्द र समस्यामा रहेका कलकारखानाको सञ्चालन, साना र मध्यम औद्योगिक तथा व्यवसायिक समस्याको समाधान , सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने लगायत सुझाव दिएका छन् ।

