Madhes Khabar
स्थानिय हेडलाइन

भारतमा कोरोना संक्रमण बढेपछि वीरगन्ज नाकामा उच्च सतर्कता

वीरगन्ज,१९जेठ:छिमेकी मुलुकलभारतमा कोरोना भाइरसको संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेपछि त्यसको प्रत्यक्ष असर वीरगन्ज नाकामा देखिन थालेको छ। भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका रक्सौल–वीरगन्जमा यात्रुहरूमाथि स्वास्थ्य जाँच कडाइका साथ सुरु गरिएको छ।
सोमबार महानगरका मेयर राजेशमान सिंह आफैले वीरगन्ग नाकामा स्थापना गरिएको हेल्थ डेस्कको निरीक्षण गरेका छन्। छिमेकी देशमा संक्रमितको संख्या हरेक दिन बढिरहेको अवस्थामा नेपालभित्र संक्रमण फैलन नदिन विशेष सतर्कता अुपनाउनु परेको मेयर सिंहले बताए ।
वीरगन्ज नाकामा स्थापना गरिएको हेल्थ डेस्कलाई अझ प्रभावकारी बनाउने गरि तयारी अघि बढाइएको उनले  बताए ।
हेल्थ डेस्कमा मास्क, स्यानिटाइजर, तापक्रम मापन गर्ने उपकरणलगायत सामग्रीको कुनै कमी हुन नदिनेगरी व्यवस्था मिलाइएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले बताए हेल्थ डेस्कको निरन्तर अनुगमन भइरहेको जानकारी उनले दिए ।
स्वास्थ्यकर्मी इब्राना खातुनका अनुसार, हाल रक्सौलबाट आउने प्रत्येक व्यक्तिको तापक्रम स्क्रिनिङ अनिवार्य गरिएको छ। हेल्थ डेस्कको सरसफाइ र आवश्यक मर्मतसम्भारसमेत सुरु गरिएको छ।
भारतमा पुनः सक्रिय भइरहेको कोभिड संक्रमणका कारण नेपाल प्रवेशद्वारमा सतर्कता बढाउनुको विकल्प नरहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कर्णले बताए । अहिले नै सचेत भइ आवश्यक तयारी नगरे संक्रमण फेरि बढ्ने भएकाले आफुहरु तयारी अवस्थामा बसेको उनले बताए ।

Related posts

पर्सामा अपराधको बिगबिगी: गम्भीर मुद्दाका फरार प्रतिवादी खुलेयाम घुम्दा पनि प्रहरी मूकदर्शक

MadhesKhabar

जिराभवानी मेलामा आएका करिब ३ सय कावारियालाई नेता रिजालद्वारा स्वागत तथा सम्मान

MadhesKhabar

प्रहरी दिवसमा छपकैयाको विधालयका ११६ विधार्थीलाई स्कुल ब्याग वितरण

MadhesKhabar

Leave a Comment