Madhes Khabar
समाज हेडलाइन

जिराभवानी मेलामा आएका करिब ३ सय कावारियालाई नेता रिजालद्वारा स्वागत तथा सम्मान


वीरगन्ज ५,फागुन:महाशिवरात्रिको अवसरमा लाग्ने जिराभवानी मेलामा आएका थरुहटका विभिन्न गाउँबाट आएका करिब ३०० जना श्रद्धालु कावाँरिया भक्तजनहरुलाई आज पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले गम्छा ओढाई स्वागत तथा सम्मान गरेका छन्।

मेलामा उपस्थित भक्तजनहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उम्मेदवार रिजालले धार्मिक आस्था, संस्कृति र परम्पराको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए। साथै उनले जनताको सेवा र विकासका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गरे।

श्रद्धालु भक्तजनहरूले पनि यस्तो सम्मानले थप उत्साह मिलेको प्रतिक्रिया दिएका छन्। महाशिवरात्रि पर्वको अवसरमा जिराभवानी मेलामा भक्तजनहरूको उल्लेख्य भीड देखिएको छ।

Related posts

ठोरीका गायक दीपक लामाको सेलो गीत ’साहिँली’ सार्वजनिक

MadhesKhabar

बिन्दवासिनी , छिपहरमाई र पकाहामैनपुर गाँउपालिकाका विद्यालयहरुमा पनि गर्मी विदा घाेषणा

MadhesKhabar

लायन्स क्लब वीरगन्जको `मिसन ५००० अभियान´ अन्तर्गत ३७१ जनाको आँखाको निःशुल्क शल्कृया

MadhesKhabar

Leave a Comment