Madhes Khabar
समाज हेडलाइन

लायन्स क्लब वीरगन्जको `मिसन ५००० अभियान´ अन्तर्गत ३७१ जनाको आँखाको निःशुल्क शल्कृया

वीरगन्ज,१५मंसिरःलायन्स क्लब वीरगन्ज परिवारद्वारा सञ्चालित गरिब तथा विपन्नहरुको निशुल्क मोतियाबिन्दु शल्यक्रिया अभियान अन्तर्गत हालसम्म ३७१ जनाको आँखाको शल्यकृया गरिएको छ । वीरगन्ज सामुदायिक आँखा केन्द्रमा तिलगंगा आँखा अस्पताल काठमाडौंका विशेषज्ञ चिकित्सकहरूले हालसम्म ३७१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेका हुन् ।

बारा र पर्सा जिल्लमा बृद्धबृद्धामध्ये अधिकांकको मोतियाबिन्दुका कारण दृष्टि गुमाउँदै जाने अवस्थाले भावनात्मक रूपमा प्रभावित बनेको लायन्स क्लब वीरगन्जले परिवारले गाउँ– टोलहरुमै निःशुल्क आँखा स्वास्थ्य जाँच सेवा शिविर पनि चलाउँदै आएको छ । ती शिविरमा चेकजाँचका क्रममा मोतियाबिन्दुको समस्या भेटिएकाहरुको वीरगन्ज सामुदायिक आँखा केन्द्रमा ल्याएर लायन्स क्लब वीरगन्जले शल्यकृयापनि निःशुल्क गराउँदै आएको छ ।

कुनैपनि व्यक्ति दृष्टिबाट वञ्चित हुन नपरोस् भन्ने उदेश्यले लायन्स क्लब वीरगन्ज परिवारले पर्सा र बारा जिल्लामा मिसन ५००० अभियान सञ्चालन गरिरहेको र त्यहि अभियानका क्रममा हालसम्म ३७१ जनाको निःशुल्क शल्यकृयापनि गराइसकेको अध्यक्ष नरोत्तम पाण्डेले जानकारी दिए ।

 

 

Related posts

७ बर्षदेखि हराएकी महिलालाई मानव सेवा आश्रमको फेसबुक भिडियोले गरायो पारिवारिक पुर्नमिलन

MadhesKhabar

डेरा भाडा तिर्न नसक्दा ट्याक्सी चालकले गरे ….

MadhesKhabar

पर्सागढीको प्राथमिक स्वास्थ्य केन्द्र लथालिङ्ग,बिरामीहरु वीरगन्ज धाउन बाध्य

MadhesKhabar

Leave a Comment