Madhes Khabar
समाज हेडलाइन

लायन्स क्लब वीरगन्जको `मिसन ५००० अभियान´ अन्तर्गत ३७१ जनाको आँखाको निःशुल्क शल्कृया

वीरगन्ज,१५मंसिरःलायन्स क्लब वीरगन्ज परिवारद्वारा सञ्चालित गरिब तथा विपन्नहरुको निशुल्क मोतियाबिन्दु शल्यक्रिया अभियान अन्तर्गत हालसम्म ३७१ जनाको आँखाको शल्यकृया गरिएको छ । वीरगन्ज सामुदायिक आँखा केन्द्रमा तिलगंगा आँखा अस्पताल काठमाडौंका विशेषज्ञ चिकित्सकहरूले हालसम्म ३७१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेका हुन् ।

बारा र पर्सा जिल्लमा बृद्धबृद्धामध्ये अधिकांकको मोतियाबिन्दुका कारण दृष्टि गुमाउँदै जाने अवस्थाले भावनात्मक रूपमा प्रभावित बनेको लायन्स क्लब वीरगन्जले परिवारले गाउँ– टोलहरुमै निःशुल्क आँखा स्वास्थ्य जाँच सेवा शिविर पनि चलाउँदै आएको छ । ती शिविरमा चेकजाँचका क्रममा मोतियाबिन्दुको समस्या भेटिएकाहरुको वीरगन्ज सामुदायिक आँखा केन्द्रमा ल्याएर लायन्स क्लब वीरगन्जले शल्यकृयापनि निःशुल्क गराउँदै आएको छ ।

कुनैपनि व्यक्ति दृष्टिबाट वञ्चित हुन नपरोस् भन्ने उदेश्यले लायन्स क्लब वीरगन्ज परिवारले पर्सा र बारा जिल्लामा मिसन ५००० अभियान सञ्चालन गरिरहेको र त्यहि अभियानका क्रममा हालसम्म ३७१ जनाको निःशुल्क शल्यकृयापनि गराइसकेको अध्यक्ष नरोत्तम पाण्डेले जानकारी दिए ।

 

 

Related posts

पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या बढ्दै

MadhesKhabar

दूधको मूल्य बढाउन किसानको माग

MadhesKhabar

वीरगन्जकाे मेनराेड विस्तार विवाद : मन्त्रिपरिषदकाे निर्णय झिकाउन सर्वाेच्चकाे आदेश

MadhesKhabar

Leave a Comment